सहकारी संघको १४ औं वार्षिक साधारणसभा सम्पन्न

बागलुङ, २५ पौष । जिल्ला सहकारी संघ लिमिटेड बागलुङको १४ औं वार्षिक साधारणसभा आइतवार सम्पन्न भएको छ ।

साधाणसभाको उद्घाटन पछि बोल्दै जिल्ला समन्वय समिति बागलुङका प्रमुख अमर बहादुर थापाले सहकारीले पूँजि निर्माण र नेतृत्व विकासका क्षेत्रमा राम्रो काम गरेको बताउनुभयो । उहाँले सहकारीमा आवद्ध जनताको संख्या पनि दिन प्रतिदिन बढ्दो रहेको र सहकारीको गुणस्तर बढाउन र उत्पादन क्षेत्रमा केन्द्रीत गर्न अझै धेरै मेहनत गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका सञ्चालक तथा गण्डकी प्रदेशका संयोजक राम बहादुर जिसी, नेफ्स्कुनका सञ्चालक चण्डीप्रसाद शर्मा, केन्द्रीय दुग्ध सहकारी संघका सञ्चालक दिपक गौतम, नेपाल सूचना तथा सञ्चार केन्द्रीय सहकारी संघका सञ्चालक खिम बहादुर कार्की, संघका सल्लाहकार तेजेन्द्र बहादुर थापा, कृषि सहकारी संघ बागलुङका अध्यक्ष नर बहादुर थापा, बहुउद्देश्यीय सहकारी संघका अध्यक्ष दुर्गा बहादुर कुँवर, स्वास्थ्य सहकारी संघका अध्यक्ष सिता शर्मा, बागलुङ नगरपालिका सहकारी शाखाका प्रमुख प्रेम प्रसाद शर्मा लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।

कार्यक्रममा संघका अध्यक्ष तथा राष्ट्रिय सहकारी महासंघका सञ्चालक हुमा कुमारी जिसी ९अञ्जु० ले प्रगति प्रतिवेदन, कोषाध्यक्ष लक्ष्मण पुनले आर्थिक प्रतिवेदन र लेखा सुपरीवेक्षण समितिका संयोजक मिन बहादुर केसीले लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

संघका अध्यक्ष हुमा कुमारी जिसी ९अञ्जु० को अध्यक्षता, उपाध्यक्ष पिंगला खड्का जिसीको स्वागत र कोषाध्यक्ष लक्ष्मण पुनको सञ्चालनमा सम्पन्न साधारणसभाले सबै प्रतिवेदन सर्वसम्मत पारित गरेको संस्थाका प्रवन्धक सिर्जना शर्माले जानकारी दिनुभयो ।

संघको १३ औं वार्षिक साधारणसभाबाट निर्वाचित सचिव दुर्वलकाजी राजभण्डारीले दिएको राजिनामा पछि रिक्त रहेको सचिव पदमा साधारणसभाबाट सर्वसम्मत रुपमा साझेदारी बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष तेज प्रसाद शर्मालाई चयन हुनुभएको छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here