
राजेशचन्द्र राजभण्डारी
बागलुङ, २४ पौष । ‘शासन ब्यक्तिको हैन बिधिको हुनुपर्छ’ भन्ने सिद्धान्तका स्थापना भएको ब्यक्तित्व र नेतृत्व विकास गर्ने अन्तर्राष्ट्रिय सामाजिक संस्था बागलुङ जेसिजको ४५ औं साधारणसभा तथा अधिवेशनबाट अध्यक्षमा सौरभ श्रेष्ठ चयन भएका छन् ।
यस्तै कार्यकारिणी अध्यक्षमा सुशान्त कृष्णा श्रेष्ठ र गणेश महतो उपाअध्यक्षहरूमा सौरभ खत्री, सुलभ खडका, प्रेम प्रसाद ढकाल, रुशन सपकोटा, निर्देशकमा रोहन जिसि, प्रतिभा केसी चयन भएको निर्वाचन अधिकृत आशिक राजभण्डारीले बताए ।
४५ औं वार्षिक साधारण सभा तथा शाखा अधिवेशन अध्यक्षता वर्ष २०२२ का कार्यवाहक अध्यक्ष आनन्द प्रसाद रेग्मीले गरेका थिए ।
जेसिज बर्ष २०२३ को लागि अध्यक्ष श्रेष्ठले महासचिव अंजिला श्रेष्ठ, कोषाध्यक्षमा बलराम ककंडेल र तालिम संयोजकमा बिन्दा कार्की (सोनी)लाई मनोनित गरेको जेसिजका कार्यकारी अध्यक्ष गणेश महतोले बताए ।










