काठेखोलामा विज्ञान सामाग्री प्रर्दशनी

बागलुङ, २३ पौष । जिल्लाको काठेखोला गाउँपालिकामा विद्यार्थीहरुले निर्माण गरेको विज्ञान सामाग्री प्रदर्शनी गरिएको छ ।

गाउँपालिकाको आयोजनामा शुक्रबार पालिका भित्रका आधारभूत र माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले निर्माण गरेका विज्ञान सामाग्रीहरु प्रदर्शनी गरिएको हो । प्रदर्शनीमा माध्यमिक विद्यालय तर्फ काठेखोला गाउँपालिका वडा नम्बर ६ विहुँको भिमसेन माध्यमिक विद्यालय प्रथम, वडा नम्बर ५ को अमर माध्यमिक विद्यालय द्धितिय, वडा नम्बर ७ रेशको रेश नुनथला माध्यमिक विद्यालय तृतीय र वडा नम्बर ४ तंग्रामको धारा माध्यमिक विद्यालय सान्तवना स्थान प्राप्त गरेका छन् ।

यस्तै आधारभूत विद्यालय तर्फ काठेखोला गाउँपालिका वडा नम्बर ५ विहुँको अमृतपानी आधारभूत विद्यालय प्रथम, वडा नम्बर ३ धम्जाको युनिक आधारभूत विद्यालय द्धितिय, वडा नम्बर ८ लेखानीको कादेश आधारभूत विद्यालय तृतीय र वडा नम्बर १ पालाको जनकल्याण आधारभूत विद्यालयले सान्तवना स्थान प्राप्त गरेका छन् ।

कार्यक्रममा काठेखोला गाउँपालिकाका अध्यक्ष राजु थापा, उपाध्यक्ष तेज बहादुर थापा, वडा नम्बर ६ विहुँका वडा अध्यक्ष बृहस्पति कँडेल र लेखानी माध्यमिक विद्यालयका प्रधानाध्यापक खिमानन्द कँडेल लगायतले शुभकामना मन्तब्य व्यक्त गर्नुभएको थियो ।

काठेखोला गाउँपालिका सामाजिक विकास समितिका संयोजक खडक थापाको अध्यक्षता, श्रोत ब्यक्ति रामानन्द कँडेलको सञ्चालनमा भएको कार्यक्रममा स्वागत मन्तव्य शिक्षा शाखाका मनुदेवी शर्माले व्यक्त गर्नुभएको थियो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here