नेपाल सूचना तथा सञ्चार सहकारी केन्द्रिय सहकारी संघको अध्यक्षमा केसी चयन

बागलुङ, २३ पौष । नेपाल सूचना तथा सञ्चार सहकारी केन्द्रिय सहकारी संघको अध्यक्षमा मन कुमारी केसी निर्वाचित हुनुभएको छ ।

संघको काठमाडौंमा सम्पन्न दशौं बार्षिक साधारणसभाले केसीको अध्यक्षतामा १३ सदस्य नयाँ कार्यसमिति चयन गरेको हो ।

समितिको उपाध्यक्षमा सरस्वता पोख्रेल, महासचिवमा लेखनाथ ढकाल र कोषाध्यक्षमा नवराज छन्कुलो चयन हुनुभएको छ ।
यस्तै संचालकमा सीता पौडेल, भेषराज पाण्डे, मेघराज गौतम, खिम बहादुर कार्की, विजिन पोख्रेल, राम सुवेदी, आस्था केसी, लेखनाथ खतिवडा र लक्ष्मी बोहोरा चयन हुनुभएको छ ।

साधारणसभाले राजेन्द्र बस्नेतको संयोजकत्वमा ३ सदस्यीय लेखा तथा सुपरिवेक्षक समिति गठन गरेको छ । समितिको सदस्यमा श्याम खड्का र दान बहादुर गुरुङ् रहनुभएको छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here