
जाजरकोट, २२ पौष । जाजरकोटमा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ ।
जुनीचाँदे गाउँपालिकामा वडा नं ११ की २३ वर्षीया पवित्रा रावतको मृत्यु भएको हो । घाँस काट्ने क्रममा भीरबाट लडेर उनको ज्यान गएको हो ।
प्रहरीका अनुसार घाँस काट्नेक्रममा माथिबाट आएको ढुङ्गा लागेर घाइते भएकी रावतको घर ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको हो । रावतका श्रीमान् श्रीमती घाँस काट्न जङ्गल गएका थिए ।










