शैक्षिक रुपान्तरणको अभियान संचालन गरौंः प्रदेशसभा सदस्य सुवेदी

बागलुङ, २२ पौष । गण्डकी प्रदेश सभा सदस्य डिल्लीराम सुवेदीले सामुदायिक विद्यालयको शिक्षालाई थप गुणस्तरीय बनाउनका निम्ती अब शैक्षिक रुपान्तरणका अभियान संचालन गर्न आवश्यक रहेको बताएका छन् ।

बागलुङ नगरपालिका –१३ पैयुँपाटा बास्कोटमा रहेको जनमत माध्यामिक विद्यालयको ४२औैैं बाषिकोत्सव समारोहमा बोल्दै सुवेदीले पछिल्ला समयमा सामुदायिक विद्यालयको शिक्षा प्रति केही समस्याहरु देखिन लागेको गुनासो गरे । उनले शिक्षामा भएका समस्याको समाधान र शैक्षिक विकासका निम्ती तिन तहकै सरकार लाग्न आवश्यक रहेको बताए । उनले विद्यालयको शैक्षिक विकासका समाज र समुदाय अलमलमा पर्न नहुने कुरामा जोड दिए ।

कार्यक्रममा बागलुङ नगरपालिकाका नगर शिक्षा अधिकारी धनप्रसाद पोखरेल, गण्डकी प्रदेश यातायात व्यवस्था कार्यालयका उपसचिव तथा विद्यालयका संरक्षक डिल्लीराम रिजाल, बागलुङ नगरपालिका–१३ पैयुँपाटाका वडा अध्यक्ष नारायण शर्मा पौडेल वडा नं. १४ नारायणस्थानका वडा अध्यक्ष चक्रबहादुर खत्रीले विद्यालयको शिक्षा गुणस्तर सुधारका लागि अभिभावक र शिक्षक दुवैको उत्तिकै भुमिका हुने भन्दै आफ्ना नानिबाबुको पढाई प्रति अभिभावकले पनि ध्यान दिन जरुर रहेको बताएका थिए ।

कार्यक्रममा नेपाली काँग्रेस पैयुँपाटाका सभापति चन्द्रबहादुर खत्री, नेकपा एमालेका अध्यक्ष टेकबहादुर रोका, नेकपा माओबादी केन्द्रका अध्यक्ष रेशमबहादुर खत्री, राष्ट्रिय स्वतन्त्र पार्टीका नगर सभापति रामप्रसाद अधिकारी शिक्षाप्रेमी रामबहादुर खत्री, चन्दादाता आनन्द प्रकाश शर्मा, विद्यालय व्यवस्थापन समितिका सल्लाहकार भवानी प्रसाद रिजाल, विद्यालयमा स्थापना भएको प्रतिभा पुरस्कारका संरक्षक गणेश रिजाल लगायतले बोलेका थिए ।

कार्यक्रममा विद्यालयका प्रधानध्यापक लक्ष्मीकान्त पौडेलले विद्यार्थीको आर्थिक तथा प्रगती प्रतिवेदन प्रस्तुत गरेका थिए । विद्यालयमा हाल २२० जना विद्यार्थी रहेका छन ।

विद्यालयको संचालन गरेको आर्थिक अभियान अन्तरगत एकै सातामा मात्र २० लाख रुपैयाँ संकलन भएको छ । कार्यक्रममा २ लाख रुपैयाँ भन्दा बढि सहयोग गर्ने दानविर शिव प्रसाद रिजाल र चन्द्रबहादुर खत्री सहित अन्य चन्दादातालाई सम्मान गरिएको विद्यालयका शिक्षक परशुराम रिजालले जानकारी दिए । सोही अवसरमा विद्यालयमा स्थापित विभिन्न विधाका एक दर्जन भन्दा बढि प्रतिभा पुरस्कार वितरण गरिएको थियो ।

बार्षिकोत्सव मुल समारोहकै अवसरमा विद्यालयका शिक्षक परशुराम रिजाल, ठाकुर प्रसाद रिजाल, गोमा केसीलाई उत्कृष्ट शिक्षकको रुपमा सम्मान गरिएको थियो ।

कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दयाराम रिजालको अध्यक्षता, शिक्षक अमृता रिजाल, र विद्यार्थी द्धय आकंक्षा विका र संदिप रिजालको स्वागत र शिक्षक द्धय परशुराम रिजाल र ठाकुर प्रसाद पौडेलको संचालनमा सम्पन्न भएको थियो ।

बार्षिकोत्सवकै अवसरमा विद्यालयमा अध्यनरत विद्यार्थीले विभिन्न सांस्कृतिक कार्यक्रमहरु प्रस्तुत गरेका थिए ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here