
बागलुङ, १८ पौष । जिल्लाको निसीखोला गाउँपालिका–६ रोबाङ निवासी धन बहादुर घतीैले आफनै श्रीमती ३० वर्षिय मिना घर्तीलाई कटपिट गरेर हत्या गरि फरार भएको छन् ।
जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक गंगा बहादुर थापाका अनुसार अनुसार घर्तीले शनिबार राती घर्तीलाई कुटपिट गरी हत्या गरेर फरार भएका हुन् । थापाले मिनाको हत्या भएको १३ घण्टापछि मात्रै प्रहरीले खबर पाएको बताए ।
स्थानीयहरुले घर्तीले शनिबार राती श्रीमतीलाई कुटपिट गरेको जानकारी दिएको प्रहरीले बताएको छ । श्रीमतीको हत्या गरेर फरार श्रीमानको खोजी कार्य भइरहेको प्रनाउ थापाले बताए । घटना बारे थप जानकारी अनुसन्धान पछि मात्रै खुल्ने प्रनाउ थापाले बताए ।










