कमर्शियल सहकारीको १६ औं साधारण सभा सम्पन्न

तिल कुमारी के.सी.
बागलुङ, १७ पौष ।
कमर्शियल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड बागलुङको १६ औं वार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ ।
सहकारीको उद्घाटन गर्दै गण्डकी प्रदेशसभा सदस्य बिना कुमारी थापाले कमर्शियल बहुउद्देश्यीय सहकारी संस्थाले आफ्नो उद्देश्य अनुरुप कार्य गरेकोमा शुभकामना व्यक्त गर्नुभएको थियो । उहाँले सहकारीहरु उद्देश्यमा केन्द्रीत रहेर कार्य गर्नुपर्ने बताउनुभयो ।
साधारण सभामा राष्ट्रिय सहकारी महासंघका संचालक हुमाकुमारी जिसी अन्जु, जिल्ला बहुउद्देश्यीय सहकारी संघ बागलुङका अध्यक्ष दुर्गा कुँवरले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
साधारणसभामा सहकारीका कोषाध्यक्ष लेखनाथ पौडेलले आर्थिक वर्ष २०७८÷०७९मा १५ लाख ३४ हजार १४८ रुपैयाँ खुद नाफा गरेको जानकारी दिनुभयो । यस्तै संस्थाका सचिव टेक बहादुर रोकाले प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । साधारणसभाले कोषध्यक्ष पौडेलले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन र सचिव रोकाले प्रस्तुत गरेको प्रगति प्रतिवेदन सर्वसम्मत पारित गरेको छ ।
साधारणसभाको अवसरमा सहकारीमा उत्कृष्ट कारोबार गर्ने शेयर सदस्य, ज्येष्ठ सदस्य, उत्कृष्ट बचतकर्ता, उत्कृष्ट ऋणकर्ता र बाल बचतकर्ता शेयर सदस्यहरु र उत्कृष्ट कर्मचारीलाई सम्मानित गरिएको थियो ।
सहकारीका अध्यक्ष हिरामणी उपाध्यायको अध्यक्षतामा सम्पन्न भएको साधारण सभाको संचालन सचिव टेक बहादुर रोका र स्वागत मन्तव्य सल्लाहकार चक्रपाणी खड्काले गर्नुभएको थियो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here