
पोखरा, १५ पुस । गण्डकी प्रदेश सभाका सदस्यले पद तथा गोपनीयताको शपथ लिएका छन् । ज्येष्ठ सदस्य मित्रलाल बस्यालले सांसदलाई बिहीबार गण्डकी प्रदेशको सभामा शपथ खुवाउनुभएको हो ।
बस्यालले बुधबार प्रदेश प्रमुख पृथ्वीमान गुरुङबाट पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको हो । ६९ जना रहेका सांसद मध्ये ५६ जना सांसदले नेपाली र तीन जना सांसदले मातृ भाषामा शपथ लिनुभएको छ ।
जसमा राप्रपाका पञ्चमान गुरुङ, कांग्रेसकी सरस्वती गुरुङ र पार्वती तामाङले मातृ भाषामा शपथ लिनुभएको छ। शपथ ग्रहणपछि सांसदले प्रदेश सभा सदस्यको प्रतीक चिह्न लिनुभएको थियो ।
गण्डकीमा कांग्रेसका २७, एमालेका २२, माओवादीका ८, राप्रपाका २ र एक स्वतन्त्र सांसद छन् । जसमा चार जना मात्रै पुराना सांसद मात्र दोहोरिनुभएको छ । दोहोरिनेमा कांग्रेसबाट बिन्दुकुमार थापा, एमालेबाट रोशन गाहामगर, माओवादीबाट हरिबहादुर चुमान र विगतमा स्वतन्त्रबाट निर्वाचित भएर अहिले नेकपा (एकीकृत समाजवादी)मा प्रवेश गर्नुभएको छ ।