मध्यरातमा बागलुङ केन्द्र भएर भूकम्पको तीन झड्का

बागलुङ, १३ पौष । बागलुङ जिल्लामा केन्द्र भएर मध्यरातमा भूकम्पका तीनवटा ठूला झट्का महशुस गरिएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बागुलङलाई केन्द्र बनाएर मध्यरातमा तीन पटक भूकम्प गएको हो ।

केन्द्रका अनुसार बागलुङको अधिकारीचौरको वरपर गएराति १ बजेर २३ मिनेटमा ४ दशमलव ७ म्यान्च्यिूटको भूकम्प गएको थियो ।

यस्तै बागलुङकै खुंगामा केन्द्र बनाएर राति २ बजेर ०७ मिनेटमा ५ दशमलव ३ म्याग्निच्यूटको भूकम्प गएको केन्द्रले जनाएको छ । त्यसपछि बिहान ३ बजेर २८ मिनेटमा अधिकारीचौर नै केन्द्रविन्दु बनाएर ४ रेक्टर स्केलको भूकम्प गएको जनाइएको छ ।

भूकम्पको झट्का जिल्लाभर नै महशुस गरिएको थियो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here