होटल व्यवसायी संघ बागलुङको अध्यक्षमा पुनः राजभण्डारी चयन

बागलुङ, ३ पौष । होटल व्यवसायी संघ बागलुङको अध्यक्षमा पुनः निलेश राजभण्डारी सर्वसम्मत निर्वाचित भएका छन् ।

संघको शनिबार भएको सातौं साधारणसभा तथा पाँचौं अधिवेशनले राजभण्डारीलाई अध्यक्षमा पुनः दोहोराएको हो । संघको उपाध्यक्षमा ताल बहादुर कुँवर र ललिता थापा, सचिवमा कविता बस्नेत, कोषाध्यक्षमा सविता आचार्य कंडेल र सहसचिवमा लक्ष्मी प्रसाद सापकोटा भूमिश्वर रहेका छन् ।

सदस्यहरुमा हिमाल शर्मा, सन्दिपा गुरुङ, कृष्ण खड्का चयन भएका छन् ।

साधारणसभा तथा अधिवेशनको उद्घाटन सत्रमा होटल व्यवसायी संघ गण्डकी प्रदेशका उपाध्यक्ष अर्जुन चोखालले कोरोना महामारीले थला परेको होटल व्यवसाय भर्खर तङ्ग्रीन थालेकोले नयाँ नयँँ स्कीमहरु ल्याएर पर्यकहरुलाई थप आकर्षित गर्न व्यवासयीहरु एकजुट हुनुपर्ने बताए ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here