
बागलुङ, १९ मंसिर । सुनको गहना चोरेको आरोपमा जिल्ला प्रहरी कार्यालय बागलुङले दुई जनालाई पक्राउ गरेको छ ।
छुट्टाछुट्टै सुन चोरीको आरोपमा तमानखोला गाउँपालिका–३ का ३० बर्षिय पूर्ण बहादुर तोम्ता र निसीखोला गाउँपालिका–१ का १९ बर्षिय चुमान पुनलाई शुक्रबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरीक्षक (डिएसपि) गंगा बहादुर थापाले बताए ।
डिएसपि थापाले तोम्ताले मंसिर १३ गते साँझ ६ बजेर ४५ मिनेटमा तमानखोला–४ की ८६ बर्षिया ख्रमती छन्त्यालले लगाएको ३ तोला ९ लालको सुनको सिक्री लुटेर फरार रहेकोले पक्राउ गरिएको बताए । यस्तै पुनले मंसिर १५ गते साँझ ७ बजे निसीखोला–१ की जुना रानाले काठको बाकसमा राखेको २ तोला ९७ लालको सुनको सिक्री चोरी गरी फरार रहेको उजुरीको आधारमा सिक्रीसँगै पक्राउ गरिएको डिएसपि थापाले बताए ।
जिल्ला प्रहरी कार्यालय बागलुङले पक्राउ परेका दुई जनालाई चोरी मुद्धामा जिल्ला अदालत बागलुङबाट ७ दिनको म्याद थप गरेर अनुसन्धान गरिरहेको छ ।