
बागलुङ, १८ मंसिर । काठेखोला गाउँपालिकाका अध्यक्ष राजु थापाले अपाङ्गता भएका व्यक्तिहरुलाई स्वरोजगार बनाउन गाउँपालिकाले सिपमुलक तालिम संचालन गर्ने बताउनुभएको छ ।
३१ औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा गाउँपालिकाले आयोजना गरेको कार्यक्रमको उद्घाटन पछि बोल्दै अध्यक्ष थापाले अपाङ्गता भएका व्यक्तिहरुको पनि राज्यले छुट्टै कानुन बनाएको बताउँदै नीति नियम भए तर कार्यान्वयन नहुनु दुःखद कुरा भएको बताउनुभयो ।
अध्यक्ष थापाले अपाङ्गता भएकाहरु सरकारले संरइक्षण गर्नुपर्ने बताउँदै उनीहरुको शिक्षा, स्वास्थ्इ, सुिरक्षा आदिमा प्रतिनिधित्वमा समावेश गर्ने बातावरण गराउन गाउँपालिकाले प्रतिबद्ध रहेको बताउनुभयो ।
कार्यक्रममा काठेखोला गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष लक्ष्मण पुन, वडा नम्बर १ का वडा अध्यक्ष खडक बहादुर थापा र सहभागीका तर्फबाट जुगपती कंडेलले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
गाउँपालिकाका उपाध्यक्ष एवं स्थानीय अपाङ्ग समन्व्य समितिका संयोजक तेज बहादुर थापाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको स्वागत मन्तव्य स्थानीय अपाङ्ग समन्वय समितिका सदस्य गंगा प्रसाद कंडेल र संचालन गाउँपालिकाका महिला शाखा प्रमुख रश्मी गौतमले गर्नुभएको थियो ।
गाउँपालिकाले शनिबार दिवसको अवसरमा ‘समावेशी बिकासका लागि रुपान्तरित समाधान, पंहुच्युक्त र समतामूलक विस्वका लागि उर्जावान सृजनशिलताको आधार’ भन्ने नाराका साथ कार्यक्रम संचालन गरेको थियो ।












