बागलुङमा दुई फरार प्रतिवादी पक्राउ

बागलुङ, १९ कार्तिक । विभिन्न मुद्दामा सजाय पाएका दुई फरार प्रतिवादी पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय बागलुङले कर्तव्य ज्यान मुद्दामा फैसला भएका फरार एक जनालाई १३ वर्षपछि र बैकिङ्ग कसुर मुदामा फैसला भएका फरार प्रतिवादीलाई ३ वर्षपछि शुक्रबार पक्राउ गरेको हो । बागलुङ जिल्लाको साविक बोवाङ गाविस–९ का ५५ बर्षिय पिम बहादुर विक र बानपा–१३ का ५२ बर्षिय विष्णु गिरीलाई निजहरुको घरबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक गंगाबहादुर थापाले जानकारी दिए ।

विकलाई सर्वोच्च अदालत काठमाडौंले वि.सं. २०६८ साल बैशाख २१ गते १२ वर्ष ६ महिना कैदको फैसाला गरेको थियो । विस २०६६ मंसिर ३० गते साविक बोबाङ–९ का मन प्रसाद विकलाई कुटपिट गरी चोटपिरको कारण पौष ३ गते उपचारको क्रममा ढोरपाटन तर्फ लैजाँदै गर्दा बाटेमा नै मृत्यु भएपछि कुटपिटमा संलग्न रहेको भन्दै जिल्ला अदालत बागलुङले बोवाङ ९ का लाल बहादुर विक, घम बहादुर विक र पिम बहादुर विकलाई जन्म कैदको सजाय सुनाएको थियो । उनीहरुलाई पुनरावेदन अदालत बागलुङ र सर्वोच्च अदालत काठमाडौंले २०६८ बैशाख १४ गते जिल्लाको फैसलालाई नै निरन्तरता दिदै विकलाई १२ वर्ष ६ महिना कैद तोकेको थियो । विक सोकी समयदेखि नै फरार रहेको भन्दै प्रहरीको फरार सुचिमा थिए ।

पक्राउ परेका विकलाई कैद भुक्तान गर्न जिल्ला अदालत बागलुङमा पठाइएको प्रनाउ थापाले बताए ।

यस्तै बागलुङ नगरपालिका–१३ पैयुँपाटा बस्ने ५२ बर्षिय विष्णु गिरीलाई उनकै घरबाट पक्राउ गरिएको छ । उनीविरुद्ध चेक बाउन्स भएको बैकिङ्ग कसुर मुद्धामा जिल्ला अदालत पाटन संयुक्त बाणिय इजलासको विसं. २०७६ कार्तिक १ गतेको फैसलाले २० दिन कैद र ७ लाख ९६ हजार रुपैयाँ जरिवनाको फैसाला थियो । गिरीलाई लगत कट्टाको लागि बागलुङ जिल्ला अदालतमा पठाइएको प्रनाउ थापाले बताए ।

जिल्ला प्रहरी कार्यालय बागलुङले विभिन्न अपराध एवं मुद्दामा संलग्न रही फरार रहेका तथा अदालतबाट फैसला भई दण्ड, जरिवाना, दसौदी, कोर्ट फि र सरकारी बिगोसमेत तिर्न बाँकी भएका व्यक्तिको खोजीकार्यलाई तीब्र दिएको छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here