मोटरसाइकल ठोकिदा दुई घाईते

बागलुङ, १७ कार्तिक । बागलुङ जिल्लाको बागलुङ नगरपालिकामा बिहिबार सवारी दुर्घटनामा परि दुई जना घाईते भएका छन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङका अनुसार मालढुंगादेखि आउँदै गरेको ध २ प ३३२ नम्बरको मोटरसाइकल र विपरित दिशाबाट जाँदै गरेको ध २ प २१९७ नम्बरको मोटरसाइकल बागलुङ नगरपालिका–१ गणेशघुम्तीमा एक आपसमा ठक्कर खादा दुई जना घाईते भएका छन् । घाईते दुवै जनाको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा ध २ प २१९७ नम्बरको मोटरसाईकल चालक पर्वत कुश्मा पिपलटारी बस्ने २३ बर्षीय रोहित भुषाल र ध २ प ३३२ नम्बरको मोटरसाईकल चालक काठेखोला गाउँपालिका बिहुँका १९ बर्षीय मनिष कँडेल गम्भीर घाइते भएको ट्राफिक प्रहरी प्रमुख राजकुमार केसीले जानकारी दिए ।

गम्भिर घाईते भएका कंडेललाई धौलागिरी अस्पतालमा प्राथमिक उपचार पछि पोखरा रिफर गरिएको छ । अर्को घाईते भुषालको धौलागिरी अस्पतालमै उपचार भइरहेको ट्राफिक प्रहरीले जनायो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here