बस दुर्घटना : पाँच जनाको मृत्यु, २५ घाइते

चितवन, १३ कार्तिक । नवलपुरको बुलिङटारमा बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ ।

बुलिङटार गाउपालिका -२ मथारमा ना ६ ख ७५८० नम्बरको बस बिहान ४ बजे दुर्घटनामा परेको हो ।

पाल्पाबाट गोरखाको मनकामना दर्शनका लागि जाँदै गरेको बस सडकबाट करिब सय मिटर तल खोलामा खसेको हो । बुलिङटार प्रहरीका अनुसार २५ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका डीएसपी सन्तोष पाठकले घाइतेहरूलाई उपचारका लागी भरतपुर पठाइएको जानकारी दिए । घटनाका सम्बन्धमा थप विवरण आउन बाँकी छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here