बागलुङमा बसले माईक्रोबसलाई ठक्कर दिँदा ७ जना घाईते

दुर्घटनाग्रस्त माईक्रोबस । तस्विरः सर्य लामिछाने

बागलुङ, ९ असोज । बागलुङमा बसले माइक्रोबसलाई ठक्कर दिँदा ७ जना घाईते भएका छन् ।

काठमाडौंबाट बागलुङ बजार आइरहेको बा ४ ख ७९४ नम्बरको माइक्रो बसलाई बागलुङबाट पोखरा जाँदै गरेको ग १ च ९२७३ नम्बरको बसले बागलुङ नगरपालिका–१ मालढुंगामा ठक्कर दिँदा ७ जना घाईते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक (इन्सपेक्टर) राजेन्द्र गिरीले बताउनुभयो ।

दुर्घटनामा परी काठेखोला गाउँपालिका–८ लेखानीका ३९ बर्षिय गंगा बहादुर कामी, काठेखोला गाउँपालिका वडा नम्बर २ का १९ बर्षिय सागर बोहोरा, बागलुङ नगरपालिका–८ सिगानाका ५३ बर्षिय रामेन्द्र खड्का, २० बर्षिया गौरी खड्का, काठेखोला गाउँपालिका–२ की २४ बर्षिया तारा पौडेल, काठेखोला गाउँपालिका–२ की २५ बर्षिया आरती गौतम र बागलुङ नगरपालिका वडा नम्बर ११ की १९ बर्षिया सुजता शाक्य घाईते भएको इन्सपेक्टर गिरीले बताउनुभयो ।

घाईते मध्य ३९ बर्षिय कामीको स्वास्थ्य अवस्था गम्भिर रहेको र अन्य सामान्य रहेको प्रहरीले जानकारी दिएको छ । घाईतेहरुको धौलागिरी अस्पताल बागलुङमा उपचार भइरहेको छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here