काठेखोलामा अन्तर माध्यमिक विद्यालय स्तरीय हाजिरीजवाफ प्रतियोगिता

बागलुङ, ५ चैत । नेपाल स्काउट काठेखोलाको आयोजनामा अन्तर माध्यमिक विद्यालय स्तरीय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ ।

काठेखोला गाउँपालिकामा शुक्रबार भएको प्रतियोगितामा वडा नम्बर ८ लेखानीको लेखानी माध्यमिक विद्यालय प्रथम, वडा नम्बर ४ तंग्रामको नारायणी माध्यमिक विद्यालय द्धितिय, वडा नम्बर ६ विहुँको भिमसेन माध्यमिक विद्यालय तृतीय र वडा नम्बर ५ विहुँको अमर माध्यमिक विद्यालय सान्तोना भएका छन् ।

प्रतियोगितामा काठेखोला गाउँपालिका भित्रका ७ वटा माध्यमिक विद्यालयहरुको सहभागिता रहेको थियो ।

प्रतियोगिताको उद्घाटन पछि बोल्दै काठेखोला गाउँपालिकाकी शिक्षा अधिकृत रमा उचैले हाजिरी जवाफ प्रतियोगिताले विद्यार्थीहरुमा ज्ञानको वृद्धि गर्ने बताउनुभयो । उहाँले निजामति सेवा प्रवेशको लागि सामान्य ज्ञानको समेत ज्ञान हुनुपर्ने भएकोले यस्ता प्रतियोगिताले विद्यार्थीहरुको भविष्यमा सहयोग पुग्ने बताउनुभयो ।

नेपाल स्काउट काठेखोलाका संयोजक होमनाथ गौतमको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको स्वागत सद्स्य हरिप्रसाद पुन र संचालन सदस्य प्रजापति गौतमले गर्नुभएको थियो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here