
बागलुङ, १४ भदौ । जापानको ओसाकामा भएको फुटसल लिगको उपाधि बेनी एफसीले जितेको छ ।
प्रतियोगितामा विभिन्न देशको प्रतिनिधित्व गर्ने क्लबहरुबीच प्रतिस्पर्धा भएको थियो । बेनी एफसीले २७ अंक जोडेर लिग च्याम्पियन बन्यो ।
प्रतियोगितामा नेपाल, भियतनाम, चीन, कोरिया र म्यानमारका टोलीको सहभागिता रहेको कप्तान मनोज बानियाले जानकारी दिए ।
च्याम्पियनले ३ लाख ५० हजार येन प्राप्त गरेको छ । बेनी एफसीका इलोब गुरुङ प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी उत्कृष्ट बने ।