बालेनले घरधनीलाई भने: तपाईंको घरको नक्सा अरुसँग हुन्छ ?

काठमाडौं, भदौ ९ गते । काठमाडौं महानगरपालिका भित्रका अनधिकृत संरचना हटाउने अभियानलाई तीव्रता दिनुभएका महानगर प्रमुख बालेन्द्र साहले आक्रोश व्यक्त गर्नुभएको छ ।

बिहीबार काठमाडौंको नयाँ बानेश्वरस्थित अल्फाबिटा कम्प्लेक्समा बनाइएको अनधिकृत संरचना हटाउन दिइएको निर्देशन नमानेपछि प्रमुख साह आक्रोशित हुनुभएको हो । त्यसक्रममा मेयर शाहले त्यहाँ अनधिकृत रुपमा सञ्चालनमा ल्याइएको फार्मेसी बन्द गर्न निर्देशन दिए लगत्तै कम्प्लेक्सका निर्देशकले सरकारसँग अनुमति लिएर संरचना बनाएको दाबी गर्नुभएको थियो । त्यसपछि प्रमुख साहसँग सवाल जवाफ भएको हो ।

निर्देशक द्विराज शर्माले भन्नुभयो, ‘सरकारसँग अनुमति लिएर संरचना बनाइएको हो ।’ त्यसपछि प्रमुख शाहले ‘नक्सा देखाउन’ शर्मासँग आग्रह गर्नुभयो। ‘हजुरसँग हुनुपर्ने’ निर्देशक शर्माको जवाफ थियो । त्यसपछि प्रमुख साहले भन्नुभयो, ‘तपाईंको घरको नक्सा अरुसँग हुन्छ ? भन्दै आक्रोशित हुनुभयो । त्यसलगत्तै निर्देशक शर्माले, ‘तपाईं हाम्रो जनप्रतिनिधि भएर आवेशमा आएर नबोल्नुस्’, भनेपछि मेयर शाह केही शान्त मोडमा देखिनुभयो ।

‘३५ दिने सूचना दिएको र त्यस अवधिमा पनि खाली नभएपछि आफू अनुगमनमा निस्किएको’ उहाँको भनाइ थियो । प्रमुख साह र कम्प्लेक्सका निर्देशक शर्मा बीचको सवाल जवाफ नै भयो । ‘यो संरचना तत्काल हटाउनुस् । तपाईंले यहाँ खोल्न पाउनुहुन्न । मैले व्यवसाय गर्ने भनेर सरकारसँग अनुमति लिएको छु । ल्याउनुस् छ भने। हजुरसँग हुनुपर्ने ? तपाईंको घरको नक्सा मसँग हुनुपर्छ ? नगरपालिकासँग के हुन्छ त ? यहाँनिर यत्रो नोटिस दिएको छ । यो के हो त ? ३५ दिने सूचना टाँस गरेर खाली गर्न भनेर नोटिस दिएको छैन ? तपाईंको घरको नक्सा अरुसँग हुन्छ ? अनि मैले कसरी गर्ने खाली ? तपाईं आवेशमा आएर नबोल्नुस् । तपाईं हाम्रो जनप्रतिनिधि होइन ? मैले करोडौं कर राज्यलाई तिरेर व्यवसाय गरेको हुँ ।’

अनधिकृत रुपमा बनाइएका संरचना खाली गर्न काठमाडौं महानगरपालिकाले ३५ दिने सूचना जारी गरेको थियो । तर, त्यो सूचनाको अवज्ञा भएपछि प्रमुख साहले आफ्नै नेतृत्वमा त्यस्ता अनधिकृत रुपमा बनाइएका भौतिक संरचना हटाउने काम सुरु गर्नु भएको हो । प्रमुख शाहले अनुमतिबिना सञ्चालनमा आएका संरचना हटाउनका लागि काठमाडौं महानगरका कर्मचारी, सुरक्षाकर्मी र ट्राफिक प्रहरीलाई परिचालन गर्नुभएको छ । बुधबार सुनधारा र न्युरोड क्षेत्रमा बनेका अनधिकृत संरचना हटाइएको थियो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here