काठमाडौं, भाद्र ०१। सहकारी विभागले सहकारी संस्थालाई एक हप्ताभित्र वित्तीय विवरण सार्वजनिक गर्न निर्देशन दिएको छ ।
विभागले सम्पूर्ण सहकारी संस्थालाई एक साताभित्र सार्वजनिक सूचना प्रकाशन गरेर सदस्यहरुलाई संस्थाको वित्तीय विवरण जानकारी गराउन निर्देशन दिएको हो ।
संस्थाले शेयर पुँजी, जगेडा कोष, कुल सम्पत्ति, कुल बचत, लगानीमा रहेको कर्जा, कुल शेयर सदस्य संख्या, कुल ऋणी सदस्य, तरलता रकम र प्रतिशत, कुल संस्थागत पुँजी र विभिन्न कोषहरुमा रहेको रकमबारे शेयर सदस्यलाई जानकारी गराउनुपर्ने निर्देशनमा उल्लेख छ ।
यसरी विवरण सार्वजनिक गरेपछि हरेक महिना पनि विवरण सार्वजनिक गर्नुपर्ने निर्देशनमा उल्लेख छ । विभागले साउन ३१ गते निर्देशन जारी गरेको हो ।
निर्देशनको पूर्ण पाठ