धादिङमा भारतीय नम्बरको ट्रेलरले जिपलाई ठक्कर दिँदा दुई जनाको मृत्यु

धादिङ, श्रावण ३१ । धादिङको गल्छी गाउँपालिका–६ चिरौदी पुलमा गएराति भारतीय नम्बरको ट्रेलरको ठक्करबाट जिपका चालक र परिचालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा जीप चालक धादिङकै ज्वालामुखी गाउँपालिका–१ का ३० वर्षीय ज्ञानबहादुर नेपाली र परिचालक बेनीघाट रोराङका २५ वर्षीय राजेन्द्र तामाङ रहेका छन् ।

उनीहरूको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते ट्रेलरका चालक र परिचालकको उपचार गल्छीस्थित अम्बे भरोसा अस्पतालमा भइरहेको छ ।

चितवनबाट काठमाडौंतर्फ आउँदै गरेको भारतीय नम्बरको ट्रेलरले सोही दिशाबाटै आइरहेको बाग्मती प्रदेश–०१–०२५ च ७८७२ नम्बरको पिकअप जिपलाई ठक्कर दिएको थियो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here