
बागलुङ ३ साउन । गत असार १४ गते चट्याङ लागि ज्यान गुमाएकि काठेखोला-४ तङ्राम निवासी सुस्मिता पुनको परिवारलाई राहत रकम वितरण गरिएको छ ।
पुनको परिवारलाई संघीय सरकारले दुई लाख, गण्डकी प्रदेश सरकारले ५० हजार तथा काठेखोला गाउँपालिकाले ५० हजार गरि तीन लाख रकम उपलब्ध गराइएको काठेखोला गाउँपालिकाका अध्यक्ष राजु थापाले जानकारी दिनुभयो ।
सहायक प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद पौडेल,काठेखोला गाउपालिका अध्यक्ष राजु थापा लगायतको टोलीले पुनकै निवासमा पुगेर उहाको परिवारलाइ रकम वितरण गरिएको हो ।










