नवनिर्वाचित जनप्रतिनिधिसँग नागरिकका अपेक्षा र सुझाव

बागलुङ, १२ असार ।
रोजीना खड्का

काठेखोला गाउँपालीका १ पाला
सर्वप्रथम त नयाँ जनप्रतिनिधिहरुलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु । नयाँ जनप्रतिनिधिहरुले गाउँपालिका र वडाको विकासमा अहम भुमिका निर्वाह गर्नुहुनेछ भन्ने अपेक्षा लिएकी छु । पुराना जनप्रतिनिधिहरुले सुरु गरेर अपुरा रहेका सम्पूर्ण समाजसेवा र विकास निर्माणका कार्यहरुलाई यहाँहरुले पुरा गर्नुहुनेछ भन्ने अपेक्षा लिएकी छु । जनतालाई शिक्षा, स्वास्थ्य यातायात, खानेपानी गोरेटो बाटोहरुको थप सुधार गर्नुहुनेछ । यस्तै जनताबाट पाएको मतको कदर गरि जनताको मत जित्नुहुनेछ भन्ने अपेक्षा रहेको छ ।

जनप्रतिनिधिहरुले जातिय, वर्गिय भेदभाव नगरी विकासको कामलाई तिब्र गतिका साथ अगाडी बढाउनुहुन सुझाव रहेको छ । तपाईहरु जनप्रतिनिधि भैसकपछि एउटा पार्टीको नभइ सबै पार्टीको साझा प्रतिनिधि हो त्यसैले पार्टीगत भेदभाव नगरि सबै वडाबासीलाई समान व्यवहार गर्दै सेवा प्रवाह गर्न सुझाव दिन चाहन्छु ।

हरिलाल कडेँल
काठेखोला गाउँपालीका ६ बिहुँ ।
नवनिर्वाचित जनप्रतिनिधिहरुले सुशासन, स्वास्थ्य, शिक्षा, खानेपानी, पुर्वाधार विकास, कृषि तथा पशुपालनमा निष्पक्ष रुपमा काम गर्नुहुनेछ भन्ने अपेक्षा छ ।

जनताको माग र अपेक्षा अनुसार वडाको विकासमा जनप्रतिनिधिहरुले काम गर्नुहुनेछ र यहाँहरुले निर्वाचनको बेला गरेका घोषणा पत्रका कामहरु पुरा गर्नुहुनेछ भन्ने अपेक्षा रहेको छ । जनप्रतिनिधिहरुले सामुहिक कृषि प्रणालीलाई पहिलो प्राथमिकता राख्नुपर्छ, बजेट छुट्याउने क्रममा व्यक्तिलाई भन्दा समुहलाई छुट्याउनुपर्छ ।

यस्तै स्वास्थ्यको क्षेत्रमा पालिका तथा वडाले रकम विनियोपजित गरी जनतालाई निःशुल्क स्वास्थ्य सेवा दिनुपर्छ । पशुपालनको क्षेत्रमा गोठ सुधार तथा अनुदानको व्यवस्था मिलाउनु होला । अव्यवस्थित सडक सञ्जालको कारण बर्खाको समयमा बाढी पहिरोको कारण हजारौं व्यक्तिको मृत्यु र घरवार विहिन भएकोले नयाँ सडक खन्ने क्रममा बस्तिलाई नविगार्ने गरी योजना बनाउनुहुन सुझाव रहेको छ ।

बेल बहादुर जिसी
काठेखोला गाउँपालिका–८ लेखानी
नयाँ जनप्रतिनिधिहरुलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु ।

नयाँ जनप्रतिनिधिहरुले वडाको विकासमा महत्वपूर्ण भुमिका खेल्नुहुनेछ भन्ने अपेक्षा लिएको छु । यहाँहरुले टोल टोलका अफ्ठ्यारो सडक ढलान गर्ने, समाजको कुरिती र युवा दुव्र्यसनी रोकथाम गर्न महत्वपूर्ण भुमिका खेल्नुहुनेछ भन्ने अपेक्षा रहेको छ ।

स्वास्थ्य शिविर, शिक्षामा मासिक अवलोकन टेष्ट लिने, प्रत्येक योजनामा स्थानीय स्रोत साधनको उपलब्ध गराउँदै विकास निर्माणको कामलाई तिब्रता दिनुहुन नयाँ जनप्रतिनिधिहरुलाई सुझाव रहेको छ ।

रिमा विक
काठेखोला गाउँपालिका–५ विहुँ
प्रथम त नयाँ जनप्रतिनिधिहरुलाई सफल कार्यकालको शुभकामना दिन चाहान्छु ।

जनप्रतिनिधिहरुले निर्वाचन हुनु पूर्वअघि सारेको घोषणापत्र अनुसार उहाँहरुले गर्नुभएको प्रतिबद्धता जस्तै शिक्षा, स्वास्थ्य, सडकको स्तोरन्नती गर्नुहुनेछ भन्ने अपेक्षा लिएकी छु ।

जनप्रतिनिधिहरुले निर्वाचनपूर्व गर्नुभएको प्रतिबद्धता अनुसार वडामै रोजगारीको सिर्जना गर्नुहुनेछ भन्ने र त्यहि नुसार विकास निर्माणका कामलाई अगाडी बढाउनु हुनेछ भनेर अपेक्षा लिएको छु ।

युवराज गौतम
काठेखोला गाउँपालिका–२ भीमापोखरा
जनताको मर्म बुझी काम गर्नुहुनेछ र आएको बजेटलाई कहाँ, कती लगानी भयो भनेर जनताले थाहा पाउँने गरी जनताको हितको लागी पारदर्शी तरिकाबाट बजेट बिनियोजन गर्नुहुनेछ भन्ने अपेक्षा गर्दछु ।

राम कुमार भण्डारी
शिक्षक
काठेखोला गाउँपालिका–३ धम्जा
नवनिर्वाचित जनप्रतिनिधिहरुले घोषणापत्रमा उललेख गरिएका प्रतिबद्धता पुरा गर्नुहुनेछ भन्ने अपेक्षा लिएको छु । उहाँहरुले गाउँपालिका र वडा कार्यालयले प्रत्येक विद्याालयमा स्थानीय स्रोत, बालविकास केन्द्रमा राखिएका शिक्षक कोटामा तलब बृद्धि गर्न सुझाव दिन चाहन्छु ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here