हराउदै मानबिय संवेदना, जगाउँदै रेडक्रस

टिका बहादुर कार्की
मानव सभ्यताको बिकास क्रममा मानिस सम्पति, शक्ति र पद प्रतिष्ठाको लागि द्वन्द्व मात्र होईन निर्मम हत्या हिंसाको बाटोमा गईरहेको अवस्थामा मानवीय भावना हराउदै गएपछि द्वन्द्व पीडित, बिपद पीडित र सुबिधाबिहिन बर्ग बाँच्नका लागी अत्यावश्यक स्वास्थ्य, खाद्यान्न र सुरक्षित बासको अभावमा अधिकांश मानिस पीडित भैरहंदा ई.स. १८६३ मा स्थापित अन्तर्राष्ट्रिय रेडक्रस (ICRC -International Committee of the Red Cross)ले स्थापना कालदेखि हालसम्म बिभिन्न सहायताका साथै प्राकृतिक बिपद, कोभिड–१९, पहिलो–दोस्रो बिश्व युद्ध, पुर्व युगोस्लाभिया, इराक–कुवेत, ईजरायल–प्यालेस्टाईन युद्ध, युध्रसिया–युक्रेन युद्ध पीडित, भोकमरी लगायतका बिकराल परिस्थितिमा स्वास्थ तथा मानवीय सुबिधा बिहिनका लागि बिश्वभर स्वास्थ्य तथा मानवीय सहायता उपलव्ध गराउदै आएको छ । नेपालमा तत्कालिन माओवादी युद्ध पीडित, युद्धरत पक्षद्वारा नियन्त्रणमा लिईएका व्यक्ति लगायतको स्वास्थ र मानवीय स्थितिको अनुगमन देखि प्राकृतिक बिपद व्यबस्थापन लगायतका क्षेत्रमा योगदान गरेको छ । बि.सं. २०२० साल भाद्र १९ गते स्थापना भएको नेपाल रेडक्रस सोसाईटीको सञ्जाल केन्द्र देखि स्थानीय तहसम्म बिस्तार भैसकेका छन् ।

संयुक्त राष्ट्रसंघ र बिकसित देशहरुले मानविय द्वन्द्व र बिपदमा अत्यावश्यक स्वास्थ तथा मानवीय आवश्यकता अनुगमन तथा व्यवस्थापनका लागी ICRC परिचालन गरिरहँदा हामी कहाँ भने नेपाल रेडक्रस सोसाईटीलाई त्यस्ता जिम्मेवारी दिएको वा परिचालन गरेको पाईदैन । महाभुकम्प २०७२ नेपाल रेडक्रस सोसाईटी उद्दार तथा राहतका लागि उपलव्ध भौतिक श्रोत साधन उपयोगमा ल्याए पनि दक्ष जनशक्ति र आवश्यक पुर्वाधारको अभावमा ति साधन उपयोग बिहिन रहन पुगेका छन् । स्थापनाको लामो समय भैसक्दा यस संस्थाले आफ्नै श्रोत साधन परिचालन गरेर आवश्यक पर्दा जनतालाई शिघ्र तथा गुणस्तरीय सेवा उपलव्ध गराउनुपर्नेमा आवश्यक श्रोत (बजेट, दक्ष जनशक्ति र भौतिक पुर्वाधार तथा सामाग्री लगायत)को अभावमा राजनीति प्रभावित पद र जिम्मेवारी मात्र तोकिएका पदादिकारीको नेपाल रेडक्रस सोसाईटी अस्तित्वमा छ । समयक्रममा अन्य संस्थाको सहयोगद्वारा निश्चित शुल्क लिएर ब्लड बैंक मार्फत बिरामीलाई रगत र एम्बुलेन्स सेवा उपलव्ध गराउँदै आफ्नो उपस्थिति सहित नेपाल रेडक्रस सोसाईटीले आफ्नो अस्तित्वलाई जोगाई राखेको पाईन्छ ।

“तटस्थता, पक्षपात रहित तथा स्वतन्त्र अस्तित्व” यस संस्थाका आधारभुत मान्यता हुन । तर, अन्तराष्ट्रिय तथा राष्ट्रिय स्तरका साथै सहयोगी संस्था र व्यक्तिको सहयोगमा निर्भर हुँदै गर्दा सहयोगदाताको राजनीतिक प्रभाव पर्न सक्ने संभावना रहन्छनै ।

#BeHumanKIND भन्ने नाराका साथ बिश्व रेडक्रस दिवस मनाईरहदा सशस्त्र द्वन्द्व, प्राकृतिक बिपत्ती तथा मानबीय क्रियाकलापबाट सृजित अपल्पनीय अवस्थामा हामी आममानिसमा मानवीय समवेदना जागृत हुन आवश्यक छ । सिमित जनता, सिमित श्रोत साधन र सिमित भूगोलमा आधारित परम्परागत सोचबाट मुक्त ग्लोब भिलेजको दृष्टिकोणबाट अभिमुखिकरण भैरहेको वर्तमान मानब समाजका हरेक सदस्यमा परम्परागत नेपाली समाजमा व्यक्त गरिने दया माया जस्तै मानवीय समवेदनायुक्त हुनुहोस भन्ने संदेशलाई आत्मसाथ गर्दै सामान्य अवस्थाका साथै आगामी मानविय द्वन्द्व, प्राकृतिक, वातावरणिय तथा मानविय दुर्घटनाबाट सृजित बिबिध परिस्थितिमा मानविय सहायताका लागी संवेदनशिल हौं । बिश्व रेडक्रस दिवस २०२२ को शुभकामना ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here