अन्तराष्ट्रिय श्रमिक दिवस २०२२ : काममा सुरक्षा र स्वास्थ प्रबर्धन होस

टिका बहादुर कार्की
पृष्ठभुमी

मानब जिवनका अत्यावश्यक आवश्यकतामध्ये स्वास्थ्य, सुरक्षा र शिक्षा हुन् । आज, १ मे २०२२ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाईरहंदा श्रमिकको काममा सुरक्षा र स्वास्थ्यका लागी व्यबहारिक अवस्था कस्तो भन्ने तर्फ ध्यानाकर्षण भैरहेको छ । कोभिड–१९ को प्रभाव पश्चात कोभिड नियन्त्रणका क्रममा स्वास्थ्य उपचार र सुरक्षाका लागी अग्रपंक्तिमा खटिएका स्वास्थकर्मी र सुरक्षाकर्मीका लागी सुरक्षा कवजका रुपमा पिपिई र मास्क साथै भिडभाडमा जानु पर्दा सर्वसाधारण सबैका लागी मास्कको अनिवार्य प्रयोगलाई प्राथमिकता दिईयो । तर, कोभिडको प्रभाब कम हुन लाग्दा नलाग्दै यो साधन उपयोगमा बेवास्ता गरिदै आएको पाईन्छ भने जोखिमपुर्ण काममा सुरक्षा साधन, स्वास्थ्य तथा सुरक्षाको वातावरण व्यवस्थापनतर्फ कसले ध्यान दिने ? कामदारलाई सुरक्षा तालिम दिईएको छ कि छैन ? यिनै कुराहरुको संक्षिप्त चर्चा गरौं ।

काममा सुरक्षाको अवस्था
तालिम प्राप्त सुरक्षाकर्मीले भिड नियन्त्रण गर्दा वा अग्नि नियन्त्रकले दमकलको प्रयोग गर्दा उपयोगमा ल्याउने ड्रेस तथा साधन बाहेक घरदेखि पहरामा झुण्डिएर जोखिमपुर्ण काम गर्नेहरु चाहीं साधारण पोसाकमा नै खटिएको हामीले देख्न सक्छौं । तर, स्वास्थ्य र सुरक्षा तालिम बेगर नै जहांनिया राणा शासनका बिरुद्ध कल्याणकारी आर्थिक आश्वासन सहित आन्दोलनलाई चर्काउन मजदुरको उपयोग र बलिदानी चढाएको ७ दशक नाघि सक्दासम्म संस्थानमा कार्यरत मजदुरका रोजिरोटी व्यवस्था हुने केयौं कारखाना नै बन्द हुँदा स्थिति उल्टो भैदियो भने फाटफुट रुपमा काम गर्ने मजदुरको सुरक्षा र स्वास्थ्य स्थितिको कुरै नगरौं । हरेक काममा जोखिमको अवस्थालाई मध्यनजर राखेर उपयुक्त सुरक्षा कवज, सिप र स्वास्थका लागी उपचार सहितको सचेतना, प्रयोग र व्यवहारिक स्थितिको अनुगमन, व्यवस्थापन र अनिवार्यता नहुनुमा स्वयं मजदुर, रोजगारदाता र सरोकारवाला निकायको कमजोरी स्पष्ट छ । अर्कोतर्फ, रोजगारीको निश्चितता सहित पुर्ण सुरक्षित वातावरणमा काम गर्दा गराउदा स्वयम मजदुर, रोजगारदाता र राष्ट्रलाई चौतर्फी लाभ हुने अवस्थालाई पनि नजर अन्दाज गरिएको पाईन्छ । काम गर्ने स्थानको वातावरणिय, भौतिक, जैविक, रासायनिक तथा मानसिक स्वास्थ्यको स्थितिलाई ध्यानमा राखेर कामदारलाई तालिम वा सचेतना दिने गरेको पनि पाईदैन र सुरक्षाका उपकरण तथा साधनको व्यबस्थापन नै छैन भन्दा फरक नपर्ला ।

काममा स्वास्थ्यको अवस्था
मजदुर तथा कर्मचारी सबैका लागी सरकारले स्वास्थ बिमाको व्यवस्था गर्न सूचित गरेपनि अधिकांश नागरिकले स्वास्थ्य बिमा गराएर सुबिधा लिन सकिरहेको अवस्था छैन । कोभिड १९ को कारण बेरोजगारी बढ्दै जाँदा नागरिकमा रोजिरोटीको समस्या छोडेर स्वास्थ्य बिमा गराउने तर्फ ध्यान गएको पाईदैन । रोजगारदाताले आफ्ना कामदार तथा कर्मचारीको स्वास्थ्य बिमा, जिवन बिमा गराउनुपर्ने, संचयकोष खडा गरिदिनुपर्ने सरकारी नीति केवल कागजी घोडामै सिमित भैरहे । स्थानीय देखि अन्तर्राष्ट्रिय खेलकुदहरुमा स्वास्थ्यकर्मी सहितको स्वास्थ उपचारको व्यवस्था हुन सक्ने, सार्वजनिक सवारी तथा सडकदेखि सगरमाथासम्म जोखिमपुर्ण काममा अहोरात्र खटिने मजदुर तथा कर्मचारीका लागी व्यबस्थित स्वास्थ जाँच सहितको उपचार व्यबस्था हुन नसक्ने अवस्थाबाट हामी गुज्रिरहेका छौं । कामको गंभिर्यता अनुसार आवश्यक प्राथमिक उपचारको तालिम, सामाग्रीको व्यवस्थापन र कामदारको स्वास्थ जाँच गरी स्वस्थ कामदारलाई मात्र काममा लगाउनुपर्नेमा काम गर्न सक्ने अवस्थासम्मका कामदारलाई सकुन्जेल काममा लगाउने गरेको पाईन्छ ।

काममा सुरक्षा तथा स्वास्थ्यको व्यवस्था सम्भव छ या आवश्यकता हो ?
कामको प्रकृति अनुसार कामदारको स्वाथ परिक्षण, आवश्यक तालिम, औषधी तथा सेफ्टी साधनको व्यवस्था सहित काममा लगाउन सम्भव छ । तर, निजी स्वास्थका क्षेत्रबाट केवल जनघनत्वका आधारमा स्वास्थ्यकर्मी सहित सुबिधा सम्पन्न स्वास्थ संस्थाहरुको बजार सम्भव हुने, जोखिमपुर्ण काम सहित मानब गतिबिधि संचालन हुने बिकट स्थानमा सामान्य सुबिधा पनि नहुने स्थितिलाई बिश्लेषण गरी त्यस्ता स्थानमा अनिवार्य सुरक्षा र स्वास्थ्यको प्रबन्ध गर्नु राज्यको दायित्व र आवश्यकता श्रृजना हुन आउछ । काममा सुरक्षा र स्वास्थ्य प्रबद्र्धनका अपेक्षा सहित आज मनाईदै गरेको अन्तर्राष्ट्रिय श्रमिक दिवस पुर्ण सफलताको शुभकामना ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here