करेन्ट लागेर बागलुङमा एक युवाको मृत्यु

बागलुङ, ६ बैशाख । बागलुङ बजारमा मंगलबार दिउँसो करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

बागलुङ नगरपालिका वडा नम्बर ३ गुठी नागरोडमा घरमा सटर फिट गर्ने क्रममा करेन्ट लागेर धनुषा जिल्ला घर भई बागलुङ नगरपालिका–१ रामरेखा बस्दै आएका १८ बर्षिय सुनिल आलेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक विजय भण्डारीले जानकारी दिनुभयो । उहाँले बानपा–३ का शिव बहादुर सहानीको दुई तले निर्माणाधिन घरको सटर फिट गर्ने क्रममा करेन्ट लागेर घाईते भएका मगरलाई उपचारको क्रममा धौलागिरी अस्पताल पु¥याउँदा डाक्टरले मृत्यु घोषणा गरेको बताउनुभयो ।

प्रहरी निरीक्षक भण्डारीले घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको जानकारी दिनुभयो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here