आयरल्याण्डमा नेपाली नयाँ वर्षमा सांगितीक कार्यक्रम

बागलुङ, ४ बैशाख । नेपाली नयाँ वर्षको उपलक्ष्यमा गैर आवसिय नेपाली संघ आयरल्याण्डको आयोजनामा विभिन्न सांस्कृतीक कार्यक्रम सम्पन्न भएको छ ।

सांस्कृतीक कार्यक्रमको उदघाटन पछि बोल्दै गैर आवसिय नेपाली संघका केन्द्रीय कोषाध्यक्ष मिलन छन्त्यालले परदेशमा रहे पनि मन स्वदेशमै रहेको र यस्ता नेपाली कार्यक्रमले अझ राष्ट्रलाई नै सम्मान गरेको महशुस हुने बताउनुभयो । उहाँले राष्ट्रका लागि आफु र संघ जहिले तत्पर रहेको बताउनुभयो ।

कार्यक्रममा संघका युरोप उपसंयोजक सागर लामाले नेपाली कला संस्कृती र संगितलाई सम्बर्द्धन गर्न आयोजना हुने कार्यक्रमले सम्पूर्ण आयरल्याण्डबासी नेपालीहरु एकजुट हुनुपर्ने बताउनुभयो ।

कार्यक्रममा कलाकारहरु ज्ञानसिंह पुन, कपिल पाईजा, शनि श्रेष्ठ, सरु थापा, कृष्टिना पोखरेल, विकास रसाईली, जिब्या राना मगर, आशिका न्यूरे, पुस्कर बन्जन लगायतले आफ्नो सांगितीक प्रस्तुती दिनुभएको थियो ।

कार्यक्रम गैर आवसीय नेपाली सँघ आयरल्यन्डका अध्यक्षको विनोद कार्कीको अध्यक्षता र संघका सन्तोष शर्मा र ज्ञानसिह पुनको संचालनमा सम्पन्न भएको थियो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here