पाँच दलिय गठबन्धनमा नेकपा एसको भूमिका महत्वपूर्ण छः अध्यक्ष नेपाल

बागलुङ, २८ चैत । नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पाँच दलिय गठबन्धनमा आफ्नो पार्टीको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो ।

नेकपा एकीकृत समाजवादी बागलुङले सोमबार आयोजना गरेको भेला तथा प्रशिक्षण कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले नेकपा एसले सवै खालको चुनौतीहरुको सामना गर्दै आएको र सवै षड्यन्त्रलाई चकनाचुर पारेर निरन्तर अगाडी बढीरहेका बताउनुभयो ।

उहाँले पाँच दलको गठबन्धनमा हाम्रो भुमिका महत्वपूर्ण छ हामीबाट सवैले आशा र धेरै अपेक्षा गरेका बताउनुभयो । उहाँले केहि समय पहिले भएको नेपाल वार एसोसिएसन र राष्ट्रिय सभा चुनावमा पाँच दलिय गठबन्धनका साझा उम्मेदवारहरुले विजयी भएको बताउनुभयो । उहाँले केपि ओलीको पार्टीकाले एउटा पदमा पनि नजितेको र आफुहरुले जितेको बताउँदै ओलीलाई ज्याद्रो पहलमानको संज्ञा दिनुभएको थियो ।

‘नेपाल बार एसोसिएसनको निर्वाचनमा पाँच दलको गठबन्धनको साझा उम्मेदवार अगाडी सायौं, ओलीको एउटा मान्छे पनि जितेन, दोब्बर भोटले हाम्रा मान्छेले जिते, खतम केपि ओली, उहाँले भन्नुभयो–‘राष्ट्रिय सभाको चुनावमा एउटा बाहेक सवै हामीले जित्यौं, ओली त्यहाँबाट आउट भए । तर उनको बोली अझै पनि ठूलो र चर्को छ । त्यो पहलमान पछारीएपछि उतानो लड्छ । तर ज्याद्रो पहलमानले खुट्टो उचालेर खुट्टा माथि नै छ भन्छ ।’

अध्यक्ष नेपालले एमालेलाई आफुले नभएर ओलीले फुटाएको आरोप लगाउनुभयो । उहाँले नेकपालाई माओवादी र एमाले बनाएपछि एमालेलाई पनि चुइटाएर केपि ओलीले गुटको भेला गरेपछि आफुहरुले नयाँ पार्टी दर्ता गरेको बताउनुभयो । नेपालले नेकपा हुँदा आफु अलपमतमा रहेकाले ओलीले सवैलाई कारवाही गर्दै नेकपा नै फुटाएको बताउनुभयो ।

यस्तै नेपालले गण्डकी प्रदेशमा बागलुङबाट निर्वाचित भएका सांसद इन्द्रलाल सापकोटा तर्फ संकेत गर्दै उनको सातो गएकोले एमालेमै बसेको बताउनुभयो । ‘केपि ओलीले गण्डकी प्रदेशमा जम्मा एक जना मात्र साथी दिएका थिए उनीको पनि सातो गएछ, अध्यक्ष नेपालले भने–‘सातो गएपछि आँट आउँदैन । सहि र गलतको पहिचान गरिएनभने सहिको पक्षमा उभिन नसक्ने र अगाडी बढ्न सकिदैन । त्यसैले हामीले सहि र गलतलाई छुट्यौं ।’

 

नेपालले ओलीलाई गफाडीको राजाको संज्ञा दिँदै गफ हाल्न सिपालु र काम केहि नगर्ने बताउनुभयो । उहाँले जनताको विश्वास गुमेपछि पार्टी सिदिने बताउनुभयो । ‘केपि ओलीले म्याग्दी सम्मको टिकट काटेर राख्नुस् । रेल अब त्यहाँ गुड छ म्याग्दीमा पुग्छ । म्याग्दीमा रेलको लिगको अतोपतो छैन । १० वर्षमा होइन २० वर्षसम्म त्यहाँ आउँछकी आउँदैन थाहा छैन । गफाडीको राजा,’ अध्यक्ष नेपालले भन्नुभयो–‘गफ हाल्न सिपालु, काम केहि गर्नुछैन । जनतालाई भ्रममा पार्नुछ । अलमल्याउनुछ । अनि जनताको भोली विश्वास गुमेपछि पार्टी सिदिन्छ । जनताले साथ दिदा सम्म पार्टी रहने हो । जनताले साथ दिन छोडेपछि पार्टी सिदिने हो ।’

उहाँले केपि ओली सरकारमा हुँदा गणतन्त्र नै जाला जस्तो भएको थियो र विभिन्न ठाउँमा राजा आउ देश बचाउ भन्दै जुलुस सुरु भएको तर आफुहरुले देशलाई बचाएको बताउनुभयो । उहाँले संविधानको मर्मत र धाराल्ई सिधाउन खोजिएको बताउँदै ओलीले विदेशीहरुको दलाली गर्ने पार्टीका नेताहरुसँग मेलमिलाप गर्ने र लोकतन्त्रको निम्त लड्ने पाट्र्रीसँग मेल हुन नचाहने गरेको बताउनुभयो । ‘संविधानका मर्म र धारालाई सिधाउन खोजिए छ,’ अध्यक्ष नेपालले भन्नुभयो–‘अहिले पनि हेर्नुहोला कमल थापा र केपि ओलीको चोचो मोचो मिलेको छ । विदेशीहरुको दलाली गर्ने पार्टीका नेताहरुसँग उनको मेलमिलाप भएको छ । लोकतन्त्रको निम्त लड्ने पार्टीसँग उनको मेल हुँदैन ।’

यस्तै वृद्धहरुलाई भत्ता दिने, आफ्नो गाउँ आफै बनाउ अभियान सुरु गर्ने, नौ सयको अभियान सुरु गर्ने, सुकुमबासीलाई जग्गा बाड्ने, अपाङ्गता भएकालाई भत्ताको व्यवस्था गर्ने, एकल महिलालाई भत्ताको व्यवस्था गर्ने आफुहरु रहेको बताउनुभयो । उहाँले आफुहरुले जनपक्षय कार्यक्रम ल्याएको बताउनुभयो । ०६६ सालमा आफु प्रधानमन्त्री भएपछि मध्यपहाडी लोकमार्गमा १० ओटा नयाँ शहरहरु बनाउन पहल गर्ने, तराईमा हुलाकी राजमार्ग गराउनको लागि भारतको प्रधानमन्त्रीसँग सम्झौता गरेर मेची महाकालीसम्म लगेर जाने, घर नभएका जनतालाई आवासको व्यवस्था गर्ने काम आफुले गरेको बताउनुभयो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here