तेस्रो राष्ट्रपति रनिङ शिल्ड छनौट प्रतियोगिताको उपाधि रेशलाई

बागलुङ, १७ चैत । काठेखोला गाउँपालिका स्तरीय तेस्रो राष्ट्रपति रनिङ शिल्ड छनौट प्रतियोगिताको उपाधि रेश नुनथला माध्यमिक विद्यालयले जितेको छ ।

मंगलबार र बुधबार भएको प्रतियोगितामा रेशले १२ स्वर्ण पदक र ४ रजत पदक जित्दै उपाधि प्राप्त गरेको हो ।

साविक विजेता बिहुँकोट लालिगुराँस इङ्गिलश बोर्डिङ स्कुलले दोस्रो स्थान प्रप्त गरेको छ । विहुँकोट लालिगुराँसले १० स्वर्ण र १० रजत पदक प्राप्त गर्यो । यस्तै अमर माध्यमिक विद्यालयले ८ स्वर्ण र ९ रजत पदक प्राप्त गर्दा घिमी करिना माध्यमिक विद्यालयले ६ स्वर्ण र ४ रजत पदक प्राप्त गर्यो । यस्तै भिमशेन माध्यमक विद्यालयले २ स्वर्ण र ६ रजत, जनकल्याण माध्यमिक विद्यालयले २ स्वर्ण र २ रजत पदक, जनता माध्यमिक विद्यालयले २ स्वर्ण, लक्ष्मी माध्यमिक विद्यालयले १ स्वर्ण र १ रजत पदक तथा लेखानी माध्यमिक विद्यालयले ७ रजत पदक प्राप्त गरेका छन् ।

प्रतियोगितामा काठेखोला गाउँपालिका भित्रका सामुदायिक र संस्थागत गरि ११ वडा माध्यमिक विद्यालय मध्य ९ वटा विद्यालयका ४ सय विद्यार्थीहरुले ४३ स्पर्धामा सहभागिता जनाएका थिए । प्रतियोगितामा सहभागि भएका विद्यार्थीहरु मध्यबाट १ सय ४ जना जिल्ला स्तरीय प्रतियोगिताको लागि छनौट भएका छन् ।

काठेखोला गाउँपालिका स्तरीय तेस्रो रास्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिताको मंगलबार गाउँपालिका अध्यक्ष अमर थापाले उद्घाटन गर्नुभएको थियो । यस्तै बुधबार प्रतियोगिताको समापन समारोहमा प्रमुख प्रशासकीय अधिकृत चुर्ण बहादुर कार्कीले विजेता टिमलाई पुरस्कार वितरण गर्नुभएको थियो ।

काठेखोला गाउँपालिकाको आयोजना र गाउँपालिका स्तरिय कला, संस्कृति तथा खेलकुद विकास समितिको संयोजनमा प्रतियोगिता सम्पन्न भएको हो ।

गाउँपालिका स्तरिय कला, संस्कृति तथा खेलकुद विकास समितिका संयोजक टिका संगम विकको अध्यक्षतामा सम्पन्न भएको समापन समारोहको संचालन समितिका सदस्य सचिब एबं प्रसाशन प्रमुख मनोज कार्कीले गर्नुभएको थियो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here