निसीखोलामा जीप दुर्घटनाः एमाले ढोरपाटन नगर कमिटीका अध्यक्ष पौडेलको मृत्यु

बागलुङ, १५ चैत । बागलुङ जिल्लाको निसीखोला गाउँपालिका–२ थारुखोलामा मंगलबार साँझ पिकअप जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी एक जना गम्भिर घाईते भएका छन् ।

निसीबाट बुर्तिबाङ तर्फ जाँदै गरेको लु १ त ९४८० नम्बरको पिकअप जीप मंगलबार साँझ निसीखोला–२ थारुखोलामा दुर्घटनामा हुँदा ढोरपाटन नगरपालिका–१ का ऋतुवर्ण पौडेलको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरीक्षक इकवाल हवारीले जानकारी दिए । मृत्तक पौडेल नेकपा एमाले ढोरपाटन नगर कमिटीका अध्यक्ष हुन् ।

दुर्घटनामा परी रुपन्देही जिल्ला तिलोत्तमा नगरपालिकाका ३८ बर्षिय सुरेश थापा गम्भिर घाईते भएका छन् । घाइतेलाई उपचारका लागि धौलागिरी अस्पताल बागलुङ बजारमा ल्याईंदै गरेको प्रहरी जानकारी दियो ।

पिकअप भ्यान सडकदेखि १५० मिटर तल खोलामा खसेको छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here