फुटबल खेल्दा घाईते भएका निशानको उपचारमा सहयोगको अपिल

बागलुङ, १४ चैत । जिल्लाको बागलुङ नगरपालिका–१ का २१ बर्षिय निशान बोहोराको उपचारमा आर्थिक अभाव भएको छ ।

बागलुङ बजारमा फुटवल खेल्ने क्रममा घाइते भएका निशान बोहोराको घुट्टामा गम्भिर समस्या देखिएर अहिले पोखराको मेट्रोसिटि अस्पतालमा उपचार भइरहेको छ । दूई चरणको शल्यक्रिया सम्पन्न भइसकेको बोहोराको तेस्रो चरणको शल्यक्रिया गर्न पैसाको अभाव भएपछि परिवारले सहयोगको याचना गरेको हो ।

आईतबार पत्रकार सम्मेलन गरेर निशान बोहोराकी आमा पूर्ण बोहोराले छोराको उपचारमा अहिलेसम्म आफन्तले सहयोग गरेपनि ते्रसो चरणको शल्यक्रियाको लागि आर्थिक अभाव भएको बताउनुभयो । पत्रकार सम्मेलन मार्फत उहाँले देश विदेशमा रहनुभएका दाजुभाई तथा दिदिबहिनीहरुलाई सहयोगको अपिलग र्नुभएको छ ।

“पारिवारिक समस्याका कारण शुरुमा उपचारको कुनै चाँजो पाँचो भएन, बाबुले समेत भनेन्, पछि खुट्टामा घाउ भएपछि संक्रमण फैलियो” बोहोराले भन्नुभयो “धेरै समस्या आएपछि बागलुङको धौलागिरी अस्पतालमा उपचार गरियो, त्यसपछि अस्पतालले पोखरा पठायो एक महिना भयो चोट लागेको अहिले सम्म दुई वटा शल्यक्रिया भएको छ ।”

बोहोराको फागुन १३ गते खुट्टामा चोट लागेको थियो । परिवारले समेत उपचारमा सहयोग गरेपछि निशानकी आमा पूर्णा बोहोरा र केही स्थानीयहरुको सहयोगमा ‘निशान बोहोरा सहयोग अभियान’ सञ्चालन गरिएको र हाल सम्म रु. ६० हजार सहयोग संकलन भइसकेको छ । तेस्रो चरणको अप्रेसन गर्न ५ लाख भन्दा बढी खर्च लाग्ने अस्पतालले बताएको बोहोराले जानकारी दिनुभयो ।

अहिले निशानकी आमा पोखरामा उपचाररत छोरा छोडेर सहयोग संकलन अभियानमा जुट्नु भएको छ । उहाँले छोराको उपचारका लागि सहयोगको अपिल गर्नुभएको छ । निशानको उपचारमा सहयोग गर्नका लागि निशान बोहोराकी आमापूर्णा बोहोराको मोवाईल ९८०६१६४४१६ मा सम्पर्क गर्न सकिने छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here