सक्षम र असल उम्मेदबार छनौट गरौं

  • टिका बहादुर कार्की

राजनैतिक दलका कार्यकर्तामा जनप्रतिनिधिको हैसियतले शासन सत्तामा पुग्दै पद र प्रतिष्ठा कमाउने चाहाना हुनु स्वभाबिक हो । तर, प्रतिस्पर्धाको यस समयमा शक्तिको पहुँचमा भन्दा सक्षम, सहयोगी, जनताले रुचाएका र असल प्रतिनिधि छनोटलाई प्राथमिकता दिनुपर्छ भन्ने आम बुझाई रहेको छ ।

निर्वाचनमा आफ्ना उम्मेदवारले हार्दा सम्बन्धीत राजनैतिक दलमा पर्न सक्ने नकारात्मक प्रभावलाई मुल्याङ्कन गर्दै सक्षम उम्मेदवार वा निकटतम व्यक्तिलाई टिकट दिनु दलका नेताको भुमिकामा भर पर्छ । प्रजातान्त्रिक आन्दोलनमा सडक संघर्षदेखि जेलनेलसम्म भोगेका कार्यकर्ता देखि सहयोग र सामिप्यताका कारण अबसरका लागी आन्तरिक संघर्ष गर्दै जाँदा टिकट नपाउने सम्भावनाले दल त्याग, दल बदल र अन्तिममा टिकट नपाउनेबाट निर्वाचनमा सक्रिय सहयोग नहुँदा दल सहित उम्मेदवारले पराजय भोग्ने गरेको पाईन्छ । नेतृत्वले सक्षम र असल उम्मेदवार मैदानमा खडा गर्नु पुर्व जनमत देखि लिएर व्यक्तिगत र संस्थागत रुपमा पुर्व मुल्याङ्कन गर्न जरुरी छ ।

निर्वाचनको मैदानमा प्रतिस्पर्धा गर्ने उम्मेदवार जनताका आवश्यकता, गुनासा र समस्या बुझ्दै आफ्नो दलको घोषणा पत्र साथ आफ्नो निर्वाचन क्षेत्रगत योजना प्रस्तुती गरुन भन्ने जनचाहना हुनु स्वभाबिक हो । तर, निर्वाचनमा बिजय पश्चात आफ्ना योजना कार्यान्वयन गर्ने र अमुल्य मतको लागी धन्यबाद दिनसम्म नजाने, सुबिधा र पद प्रतिष्ठा सहित शहर केन्दित जनप्रतिनिधिलाई ५ बर्ष पछी मात्र मतदान प्रक्रियाद्वारा पुनः मुल्याङ्कन गर्ने मौका मिलेको छ । सिधा साधादेखि शिक्षित र सचेत नागरिक, पिछडा बर्ग र गरिव देखि सम्पन्न तथा अल्पसंख्यक देखि बहुसंख्यक सबैका प्रतिनिधि, योग्य र दक्ष राष्ट्रसेवक देखि संबैधानिक आयोगका पदाधिकारी छनोट र बर्खास्तीको लागी सिफारिस गर्ने अधिकार पाउनु हुने हाम्रा जनप्रतिनिधीले जनताका समस्या र सूझाव कार्यान्वयनका लागी योजना सहित सम्बन्धीत ठाउँमा प्रस्तुतीका लागी गरिने कार्यबाट आफुलाई “म हुलाकी हुँ र ?” भन्ने अभिमान प्रस्तुत नगरी राजनीति मार्फत समाज सेवा गर्न चाहाने, जनताको सच्चा सेवक, सहजकर्ता, हुलाकी, योजनाकार तथा सक्षम शासक छनौटमा उम्मेदवारी दर्ता देखि मतदानसम्म सम्बन्धित सबैको ध्यान जान जरुरी छ ।

जनताले गोप्य मतदानद्वारा आफ्नो बिबेकले मुल्याङ्कन गर्दै जनताका आवश्यकता र समस्या समाधान गर्ने सहज थलो वडा देखि पालिकासम्म स्थानीय सरकारले पहिलो ५ बर्षे कार्यकाल सम्पन्न गर्दै दोस्रो अबधीका लागी आगामी बैशाख ३०, २०७९ सालमा सम्पन्न हुन गैरहेको निर्वाचन निस्पक्ष र भयरहित शान्त वातावरणमा सम्पन्नताको कामना गरौं ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here