गल्कोटमा पत्रकार र विद्यार्थीलाई विज्ञान तथा प्रविधि तालिम

दिवस कंडेल
बागलुङ, १० चैत । बागलुङ जिल्लाको गल्कोटमा बिहिबार देखि पत्रकारहरुलाई दुई दिने विज्ञान तथा प्रविधि तालिम र विज्ञान विषयका विद्यार्थीहरुलाई बैज्ञानिक अवधारणा सम्बन्धी तालिम सुरु भएको छ ।

विपि कोइराला मेमोरियल प्लाटेरियम अब्जरभेटरी र विज्ञान संग्रहलाय विकास समितिको आयोजना तथा प्रेस सेन्टर बागलुङको व्यवस्थापनमा आयोजित तालिमको उद्घाटन पछि बोल्दै नेपाल सकारका शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले शिक्षा क्षेत्रमा सुधार गर्नको लागि भाौतिक पूर्वाधार सुधार, शिक्षण सिकाई प्रक्रिया सुधार, कानुनी सुधार लगायतका कार्यक्रम एकै पटक गर्न थालिएको बताउनुभयो ।

मन्त्री पौडेलले सातै प्रदेशमा विज्ञान तथा प्रविधि प्रज्ञा पतिष्ठान (नास्ट) स्थापना गर्ने र प्राविधिक शिक्षालाई पालिका स्तरमा स्थापना गर्ने सरकारको लक्ष्य रहेको बताउनुभयो ।

कार्यक्रममा गलकोट नगरपालिकाका नगरप्रमुख भरत शर्मा गैरे, शिक्षा विकास तथा समन्वय ईकाई वागलुङका प्रमुख कुष्मराज उपाध्यायले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

तालिममा जिल्लाका २५ जना क्रियाशिल पत्रकार र विज्ञान विषयका १० भन्दा बढी विद्यालयका विद्यार्थीहरुको सहभागिता रहेको छ । तालिममा प्रोफेसर डाक्टर हरि प्रसाद लामिछाने, डाक्टर सन्तकुमार शर्मा, डाक्टर टंक प्रसाद उप्रेती, डाक्टर कुन्दन अर्याल र डाक्टर हरि शंकर माल्लीकले सहजिकरण गर्नुहुनेछ ।

तालिमको उद्घाटन कार्यक्रम विपि कोइराला मेमोरियल प्लाटेरियम अब्जरभेटरीका डाक्टर सनत कुमार शर्माको अध्यक्षता, गलकोट माद्यमिक विद्यालयका प्रधानाध्यापक देवेन्द्र बहादुर खत्रीको स्वागत तथा सहायक प्रधानाध्यापक राम वहादुर खत्रीको सञ्चालनमा सम्पन्न भएको थियो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here