धौलागिरी लघुवित्तद्वारा एक सदस्यको ऋण मिनाहा

बागलुङ, १० चैत । धौलागिरी लघुवित्त संस्था लिमिटेड बागलुङले आफ्नो एक जना सदस्यको ऋण मिनाहा गरिदिएको छ ।

संस्थाबाट ऋण लिनुभएकी काठेखोला गाउँपालिका विहुँकी दुर्गादेवी परियारको मृत्यु भएपछि उहाँले लग्नुभएको ऋण मिनाह गरिएको बागलुङ शाखाका प्रबन्धक सुशिला कार्कीले बताउनुभयो । शाखा प्रबन्धक कार्कीले परियारले गत श्रावण महिनामा लग्नुभएको ४ लाख ५० हजार रुपैयाँ ऋण उनको मृत्यु पछि मिनाह गरिदिएको जानकारी दिनुभयो ।

प्रबन्धक कार्कीले परियारको मृत्यु पछि परिवारलाई ऋण तिर्नुपर्ने मानसिक तनाव हुने र कतिपयको ऋणबाट घरबास उठ्ने गरेको अवस्थामा यस्तो प्रकारको कार्यले समाजमा राम्रो सन्देश जाने बताउनुभयो ।

संस्थाले पयिारको किरिया खर्च वापत ४० हजार रुपैयाँ समेत सहयोग गरेको छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here