लिग उपाधिका लागि कालिका भगवती र बाल जिवन भिड्दै

अर्जुन कार्की
बागलुङ, ४ चैत । बागलुङमा जारी जिल्ला लिग फुटबल प्रतियोगिताको फाइनल खेल आज हुँदै छ ।

आज अपरान्ह साढे १ बजेपछि बाङ्गेचौर खेलमैदानमा हुने फाइनल खेलमा उपाधिका लागि कालिका भगवती युवा क्लब र बाल जिवन खेलकुद क्लब भिड्ने छन् ।

लिगमा सहभागि ८ क्लबलाई दुई समुहमा विभाजन गरि राउन्ड रोविन लिग संचालन गरि शिर्ष स्थानमा रहने दुई टोलीका विच फाइनल हुन लागेको हो । समुह ‘क’बाट कालिका भगवती युवा क्लब र समुह ‘ख’बाट बाल जिवन खेलकुद क्लब शिर्ष स्थानमा रहँदै फाइनलमा प्रवेश गरेका हुन् ।

कालिका भगवतीले समुह ‘क’मा दुई जित र १ बराबरी सहित ७ अंकका साथ समुहको शिर्ष स्थानमा रहेको थियोभने समुह ‘ख’मा बाल जिवनले तीन खेलमा जित निकालि ९ अंकका साथ समुहको शिर्ष स्थानमा रहँदै फाइनल यात्रा तय गरेको हुन् । कालिका भगवतीले समुहको पहिलो खेलमा पावर फिटनेस क्लबसँग १–१ को बराबरी खेलेको थियोभने दोस्रो खेलमा रामरेखा फुटबल क्लबलाई ५–१ र तेस्रो खेलमा गुठी युनाइडेट क्लबलाई २–१ गोलअन्तरले पराजित गरेको थियो । बाल जिवनले पहिलो खेलमा बागलुङ कालिका युवा क्लबलाई ५–३, दोस्रो खेलमा विर गोर्खाली युवा क्लबलाई ३–१ र तेस्रो खेलमा बिहिबार रुद्रेपिपल युवा क्लबलाई ३–० गोलअन्तरले पराजित गरेको थियो । बिहिबार भएको समुह ‘ख’को अन्तिम खेलमा बागलुङ कालिका युवा क्लबले बिर गोर्खाली युवा क्लबलाई ३–२ गोलअन्तरले पराजित गर्दै समुहको दोस्रो स्थानमा रहँदै लिगको अन्त्य गरेको छ ।

प्रतियोगितामा बाल जिवनका मोहन थापाले सात गोल गर्दै सर्वाधिक गोलकर्ताको शिर्ष स्थानमा रहेका छन्भने कालिका भगवतीका मनिष श्रेष्ठले ५ गोल गर्दै दोस्रो स्थानमा रहेका छन् ।

लिग विजेता टोलीले ५५ हजार ५ सय ५५ रुपैयाँ र दोस्रो टोलीले ३३ हजार ३ सय ३३ रुपैयाँ प्राप्त गर्नेछ । सर्वोत्कृष्ट खेलाडी सहित विधागत उत्कृष्ट खेलाडी पनि पुरस्कृत हुने बताइएको छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here