कुखुरापालक किसानलाई तालिम

बागलुङ, २९ फागुन । बागलुङका ब्रोइलर कुखुरा पालक किसानहरुलाई एक दिने व्यवसायिक कुखुरापालन तालिम दिइएको छ ।

एपोलो दाना र कुखुरा व्यवसायी संघ बागलुङको संयुक्त आयोजनामा आईतबार जिल्लाका ४० जना किसानलाई तालिम दिइएको संघका अध्यक्ष ध्रुव श्रेष्ठले बताउनुभयो ।

तालिममा नेपाल पोलिटेक्निक ईन्स्टिच्युटका सहायक प्राध्यापक डा दिपक लम्सालले सहजीकरण गर्नुभएको थियो । प्रशिक्षक लम्सालले चल्ला कसरी व्यबस्थापन गर्ने, तापक्रम पुगेनपुगेको कसरि थाहा पाउने, तापक्रमको कुन स्रोत उपयुक्त हुन्छ, भेन्टिलेसनको महत्व के हो, दाना र पानीको सहि व्यवस्थापन कस्तो हो?, पानी निर्मलिकरण किन, कसरी र कहिले गर्ने, दाना भण्डारण कसरि गर्ने, कुनकुन अभिलेख कसरि र किन राख्ने ? भ्याक्सिन कुनकुन र कहिले कहिले लगाउने बारेको जानकारी गराउनुभएको थियो ।

तालिमको उद्घाटन एपोलो फिड्सका निर्देशक विनेस गौतम र अध्यक्षता संघका अध्यक्ष ध्रुव श्रेष्ठले गर्नुभएको थियो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here