प्रथम गलकोट मेयर कपको उपाधि निसीखोलाले जित्यो

गल्कोट, २७ फागुन । गलकोटमा आयोजित प्रथम गलकोट मेयर कप भलिबल प्रतियोगिताको उपाधि बागलुङको निसीखोला गाउँपालिकाले जितेको छ ।

गलकोट नगर खेलकुद बिकास समितिले आयोजना गरेको प्रथम गलकोट मेयर कपको फाइनल खेलमा शुक्लागण्डकी नगरपालिका तनहुँलाई ३–२ को सेटमा पराजित गर्दै निसीखोलाले उपाधि उचालेको हो । निसिखोला गाँउपालिकाले दोस्रो, तेस्रो र पाँचौं सेटमा क्रमश २५–२०, २५–१५ र १५–०९ को सेटमा जित निकाल्दै बिजयी भएको हो ।

शुक्लागण्डकी नगरपालिका तनहुँले पहिलो र चौथो सेटमा क्रमश २५–२२, २६–२४ को सेटमा जित निकाले पनि अन्य सेटमा जित निकाल्न नसक्दा उपबिजेता बनेको हो ।

भलिबल प्रतियोगिताको उपाधि संगैं निसीखोला गााउपालिकाले नगद रु १ लाख कप मेडल र प्रमाणपत्र, उपबिजेता शुक्ला गण्डकी नगरपालिका तनुहँले नगद रु ७५ हजार मेडल र प्रमाणपत्र तथा सान्तवना हुने गलकोट नगरपालिकाका र ढोरपाटन नगरपाकिाले समान नगद रु २५–२५ हजार प्रमाणपत्र प्राप्त गरेको नगर खेलुकद बिकास समिति गलकोट नगरापलिकाले जनाएको छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here