
बागलुङ, २६ फागुन । बागलुङ जिल्लाको निसीखोला गाउँपालिकामा मोटरसाईकल दुर्घटना हुँदा एक युवाको मृत्यु भएको छ ।
निसीखोला गाउँपालिका–३ बोहोरागाउँमा ध २ प १९२१ नम्बरको मोटरसाईकल दुर्घटना हुँदा स्थानिय ४० बार्षिय देविराम खड्काको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी विजय भण्डारीले जानकारी दिए । उहाँले बिहिबार विहान पौने १० बजेको समयमा झिवाखोलादेखि याङम्याङ तर्फ जाने क्रममा गहतेरा खोला नजिक दुर्घटना भएको बताउनुभयो ।
मोटरसाईकल अनियन्त्रीत भै सडकदेखी झण्डै २०० मिटर तल खस्दा खड्काको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।