
बागलुङ, २४ फागुन । गुठी युनाइटेड क्लब जिल्ला लिग फुटबल प्रतियोगिताको लागि छनोट भएको छ । यससँगै जिल्ला लिग फुटबल प्रतियोगितामा भाग लिने ८ टिमको टुंगो लागेको छ ।
जिल्ला फुटबल संघ बागलुङले आयोजना गरेको नकआउट चरणको अन्तिम खेलमा बलेवा युवा क्लब उपस्थित नभएपछि गुठी युनाइटेड लिगमा छनोट भएको हो ।
सोमबार भएका खेलमा गुठी रामरेखा फुटबल क्लबसँग र बलेवा बिर गोर्खाली युवा क्लबसँग पराजित भएपछि लिग छनोटको लागि मंगलबार अन्तिम क्वालिफायर खेल खेल्नुपर्ने थियो । तर, मंगलबार बलेवा खेलमा उपस्थित नभएपछि गुठी गुठी सिधै लिगमा छनोट भएको जिल्ला फुटबल संघ बागलुङका अध्यक्ष रामराज गुरुङले जानकारी दिनुभयो ।
जिल्ला फुटबल संघ बागलुङले लिगमा छनोट हुनको लागि नयाँ दर्ता भएका ७ क्लब विच नकआउट प्रतियोगिता संचालन गरेको हो । संघले पहिले लिगमा भाग लिई सकेका पाँच टिमलाई सिधै र ७ क्लबबाट तीन क्लबलाई लिगमा सहभागि गराउने भएको छ ।
फागुन २८ गतेबाट संचालन हुने लिगमा रुद्रेपिपल युवा क्लब, बागलुङ कालिका युवा क्लब, पावर फिटनेश क्लब, कालिका युवा क्लब, बाल जिवन खेलकुद क्लब, रामरेखा फुटबल क्लब, विर गोर्खाली युवा क्लब र गुठी यूनाइटेड क्लब सहभागि हुने भएका छन् ।
संघले दुई समूह विभाजन गरि ४/४ टिम विच लिग संचालन गर्ने र समूहको शिर्ष स्थानमा रहने दुई टिम विच फाइनल खेल हुने जनाएको छ ।
लिग विजेता टिमले ५५ हजार ५ सय ५५ रुपैयाँ र उपविजेता टिमले ३३ हजार ३ सय ३३ रुपैयाँ प्राप्त गर्ने जिल्ला फुटबल संघ बागलुङका अध्यक्ष रामराज गुरुङले जानकारी दिनुभयो ।