बागलुङमा नकआउट फुटबल प्रतियोगिता सुरु

बागलुङ, २२ फागुन । जिल्ला फुटबल संघ बागलुङको आयोजनामा आईतबारबाट बागलुङमा जिल्ला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको पहिलो दिन तीन खेल सम्पन्न भएका छन् ।

प्रतियोगिताको पहिलो दिन गुठी युनाइटेड क्लब, रामरेखा युवा क्लब र बिर गोर्खाली युवा क्लबले जित निकालेका छन् ।

उद्घाटन खेलमा गुठी युनाइटेडले अमर आदर्श बोर्डिङ स्कुललाई ५–१ गोलअन्तरले पराजित गरेको छ । यस्तै दोस्रो खेलमा रामरेखा युवा क्लबले तिरुपति वालाजी क्लबलाई ६–० गोलअन्तरले पराजित गर्यो ।

आईतबार नै भएको अन्तिम खेलमा बिर गोर्खाली युवा क्लबले तमान युवा क्लबलाई २–० गोलअन्तरले पराजित गर्यो ।

प्रतियोगिता अन्तरगत भोली सोमबार गुठी युनाइटेड युवा क्लब र रामरेखा युवा क्लब तथा बिर गोर्खाली युवा क्लब र बलेवा युवा क्लब विच खेल हुने जिल्ला फुटबल संघ बागलुङका अध्यक्ष रामराज गुरुङले जानकारी दिनुभयो ।

नकआउट प्रतियोगिताको शिर्ष तीनमा रहने तीन टिमले जिल्ला लिगमा स्थान बनाउने छन् । जिल्ला लिगका लागि पहिले लिग खेलिसकेका पुराना ५ टिम सिधै छनोट भएका छन् ।

जिल्ला लिग फुटबल प्रतियोगिता फागुन २८ गतेदेखि हुने संघले जनाएको छ ।

नकआउट चरणको प्रतियोगिताको उद्घाटन गर्दै जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कुमार खड्काले आफ्नो कार्यकालमा बाङ्गेचौरलाई रङ्गशालाको रुपमा विकास गर्ने बताउनुभयो । जिल्ला फुटबल संघ बागलुङका अध्यक्ष रामराज गुरुङको अध्यक्षतामा सम्पन्न भएको उद्घाटन समारोहको स्वागत उपाध्यक्ष रेशम गोतामे र संचालन महासचिव जय राजभण्डारीले गर्नुभएको थियो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here