निसीखोलामा भ्यान र मोटरसाइकल ठोकिदा एक जना घाइते

बागलुङ, २० फागुन । निसीखोला गाउँपालिकाको झिवाखोलामा भ्यान र मोटरसाइकल ठोकिदा एक जना घाइते भएका छन् ।

बुर्तिबाङबाट निसीखोला तर्फ जाँदै गरेको ध १ ज १०५७ नम्बरको भ्यान र विपरित दिशाबाट आउँदै गरेको बा ८४ प ४२६ नम्बरको मोटरसाइकल ठोकिदा निसीखोला गाउँपालिका–३ का सरोज चन्द घाईते भएको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख प्रहरी निरीक्षक जयराम वन्तले जानकारी दिनुभयो । प्रनि वन्तले घाईते चन्दको प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिबाङमा उपचार भइरहेको बताउनुभयो ।

मोटरसाइकल चालक रङ–वे बाट यात्रा गरेको र हेल्मेट समेट नलाएकाले सो दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटना हुँदा भ्यान र मोटरसाइकल दुवैको अघिको भाग पुर्ण रुपमा क्षति भएको छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here