
सर्वप्रथम नेपाली काङ्ग्रेसका
महामन्त्री तथा सांसद माननिय
गगन कुमार थापालाई नमस्कार
जय नेपाल !!
सर्वप्रथम त म कुनै राजनीति पार्टीमा आबद्ध नभएको कुरा जानकारी गराउन चाहान्छु । नेपालको वर्तमान राजनीतिक अस्थिरता निकै नजिकैबाट नियालेको छु ।
म एक जिम्मेवारी नागरिक भएको हैसियतले देशको राजनीति बुझ्न निकै जरुरी ठान्दछु । देशको भ्रष्टाचारी कालोबजारी, घुसखोरी र सिमाविवाद पनि यी मेरा दुई आखाले नदेखेको हैनान । कुनै पार्टीमा आबद्द नभएता पनि प्राय सबै पार्टीको सिद्धान्त,बिचार र व्यबहार अध्यायन गरेको छु । त्यसकारण पार्टीमा आबद्द नभई म विपिका केहि सिद्धान्तमा आस्था राख्दछु यसको मतलब यो होइन नि म काङ्ग्रेसको कार्यकर्ता हु । त्यसकारण नेपाली काङ्ग्रेसलाई अझै भित्रीबाट अध्ययन गरेकोछु जस्तो लाग्छ । अब देशलाई युवाहरु शशक्त रुपमा आवश्यक रहेको कुरा वर्तमान समयले माग गरेको छ जस्तो लाग्छ मलाई । त्यसैले काङ्ग्रेस पार्टी जहा विपिका सिद्धान्त र बिचार छ त्यहाँ हजारौं युवाहरुको आशा र भरोसा छ ।
माननिय गगन कुमार थापा हजुरलाई सारा नेपाली युवाहरुले आशाका केन्द्र बिन्दु मानेका थिए, अब सदन र सडक अनि विकासका बलिया गाठा फुकाउन लाखौं युवाहरु एकजुत हुन्छन् भन्ने अपेक्षित थिए । सम्पुर्ण युवाहरु हातमा हात गासेर उभिरहेको देख्न चाहेका थिए । “समुन्नत नेपाल, सम्मानित नेपाली”को नारा हजारौं युवाहरुले सोचेको थिए । हजुर बर्तमान समयको युवाहरूको ढुकढुकि हुनुहुन्थ्यो । हिजोको दिनमा सहिलाई सहि र गलतलाई गलत भन्दै जोड्ले चिच्याउने तपाईं हुनुहुन्थ्यो, र युवाहरुले छातिमा हात राखेर अब देशमा आमुल परिवर्तनको सपना देख्दै थिए ।
जब तपाईं पार्टीको महामन्त्री हुनु भयो हजारौं म जस्तो युवाहरु एक अर्कामा खुसी साटासाट गरिरहेका थिए, वर्तमान समयमा तपाईंको राष्ट्रलाई आवश्यक थियो, सारा युवाले केहि गर्नुहुन्छ भन्ने अपेक्षा गरेको थिए ।
जतिबेला देशलाई तपाईंको खाचो थियो त्यतिबेला आफ्नो जिम्मेवारी र कर्तव्य भुसुक्कै भुल्नु भएछ ।
सहिलाई गलत र गलतलाई सहि देख्नु भएछ । आमजन्ताले राष्ट्रघाती भन्दै विरोध गरेको एमसीसीको बारेमा खरो आलोचना र बहिस्कार गर्नु पर्नेमा उल्टै घाँटी सुक्ने गरि अनुमोदन गराउने तर्क दिदै सारा जनता र युवाहरूलाई निराश बनाउनुभयो । मलाई जुन कुराको डर थियो अन्त्यमा त्यहीँ नै भयो, एमसीसी कुनै पनि हालमा पास नहुनु पर्ने थियो र अन्त्यमा जनमतलाई लत्याएर छोडिनु भयो हैन् ?
माओवादी, एमाले र काङ्ग्रेसबाट यो राष्ट्रघाती सम्झौता ढिलो चाडो पारित गथ्र्योनै तर त्यसलाई रोक्न कडा रुपमा सदन र सडकमा प्रस्तुत हुनुहुन्छ भन्ने जुन विश्वास थियो ठ्याक्कै उल्टो भयो । काङ्ग्रेसलाई रोक्नु हुन्छ भन्ने छुट्टै विश्वास थियोे तर प्रमुख भुमिका खेलेर अन्त्यमा पास गराएरै छोड्नु भयो तपाईंलाई बधाई छ ।
देश र जनता भन्दा तपाईं पनि पार्टी पद र गठबन्धन ठुलो देख्नुभयो हैन ? पास गर्नु नै थियो त यत्रो नाटक गरेर सडकमा मान्छे उतारेर युवाहरूको टाउका किन फुटाउन पथ्र्यो र ?
यदि आउने निर्वाचनमा गठबन्धन बिना हार्रिन्छ जस्तो लाग्छ र सरकारमा बस्न पाउँदैन जस्तो लाग्छ भने छोडिदिनुस तपाईंको खोक्रो राष्ट्रबाद ! खाडीबाट युवाहरू फर्काउने ठुला भाषण दिदै चुनाबमा भोट माग्ने तपाई अब युवाहरूलाई झुटा आश्वासन दिन छोडिदिनुस !
तपाईंको एक गल्तिले हजारौं युवाहरुले आफै माथि पश्चात् गरिरहेका छन, आफुलाई दोष दिइरहेका छन् । युवाहरु माथि नै प्रश्न उठेको छ । बास्तबमा भन्ने हो भने तपाई गगन थापा नेता नै हैन रहेछ, तपाई त एक प्रखर बक्ता मात्र रहेछ । एक सच्चा युवा नेताले जनभावना के कस्तो छ, कमसेकम त्यो बुझ्ने कोसिस गर्दछ ।
यदि मागेरै देश चलाउने भए खाडीमा जवानी बेच्दै गरेको तमाम नेपाली दाजुभाइहरुलाई फर्काउनुस् तपाईं हामी मिलि मागेरै देश चलाउ किन दुख गर्नु पर्यो र ? अलिकति चिन, भारत अलिकति अमेरिका हुँदै बिकासित सबै राष्ट्रहरुलाई मागौ नत ! नत्र राजा वडामहाराजधिराज पृथ्वीनारायण शाहले जोडेको देश र हजारौं सहिदहरुले दिएको बलिदान हाम्रो देश नेपालमा कसैलाई पनि छुट छैन नेपाली भुमि विदेशीलाई जिम्मा लगाउन ! न तपाईंलाई छुट छ न मलाई नै.? अन्त्यमा बधाई छ तपाईंलाई र तपाईंको सरकारलाई ।
यसको मुल्यांकन नेपालीआम जनताले राम्रोसँग गर्नेछन् ।
एक युवा
किरिजोल (कोपिल) रोका मगर
बागलुङ बजार नेपाल