पर्वतमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

पर्वत, १२ फागुन । पर्वतको महाशिला गाँउपालिका–१ जमपुरमा बुधबार राति मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानिय ३४ बर्षीय रन बहादुर राना रहेका छन् ।

भोक्सिङ–होश्राङदी सडकखण्ड अन्र्तगत जमपुरमा बुधबार राति राना सवार लु ४५ प १५५३ नम्बरको मोटरसाइकल दुर्घटना भएको थियो । उनको घटनास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय लुङखुले जनाएको छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here