बागलुङका प्रहरी प्रमुख एसपी मगरको सरुवा, ज्ञावली आउने

बागलुङ, ९ फागुन । जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरीक्षक (एसपी) कृष्ण बहादुर पल्ली मगरको सरुवा भएको छ ।

प्रहरी प्रधान कार्यालयले आइतबार राती प्रकाशित सरुवा सुचीअनुसार बागलुङका प्रहरी प्रमुख मगर सहित १८ जना एसपीको सरुवा गरेको हो । मगरको प्रहरी युक्ति तालिम महाविद्यालय जर्गाह, पश्चिम नवलपरासीमा सरुवा भएको छ ।

बागलुङमा नेपाल प्रहरी विशेष सुरक्षा गण बेलचौतारा तनहुँका प्रमुख दयानिधि ज्ञावली आउनुहुने भएको छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here