एमसीसी आज संसदमा टेबल हुने

काठमाडौं, ८ फागुन । सरकारले आजकै संसद बैठकमा एमसीसी टेबल गर्ने भएको छ । सत्ता गठबन्धनमा एमसीसी पेस गर्ने सहमतिसँगै आजकै बैठकमा एमसीसी पेस गर्न लागिएको सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

सबैलाई संसद भवनतिर जान आग्रह गर्दै पत्रकारसँग मन्त्री कार्कीले भने, ‘एमसीसी सार्वभौम संसदमा टेबुल हुन्छ । त्यसपछि सडकमा होइन, सदनमा गहनरुपमा छलफल भएर निष्कर्षमा पुग्छ ।’

‘जे-जे प्रश्न छन्, त्यसमा सार्वभौम संसदमा सांसदले छलफल गर्नुहुन्छ र निष्कर्षमा पुगिन्छ’, उनले थपे ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here