गण्डकी प्रदेशमा भोली सार्वजनिक विदा

बागलुङ, ३ फागुन । प्रदेश स्थापना दिवसका अवसरमा फागुन ४ गते बुधबार गण्डकी प्रदेश सरकारले सार्वजनिक विदा दिने निर्णय गरेको छ । मन्त्रिपरिषदको मंगलबार बसेको बैठकले उक्त निर्णय गरेको हो ।

२०७४ साल फागुन ४ गते पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकार गण्डकीमा गठन भएको थियो ।

प्रदेश सरकार गठन भएको दिनलाई नै सरकारले प्रदेश दिवस मनाउँदै आएको छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here