बागलुङमा पाँच दलीय गठबन्धनको बैठक

बागलुङ, २६ माघ । नेपाली काँग्रेस नेतृत्वको सत्ता साझेदार पाँच दलका बागलुङका नेताहरुको बुधबार बागलुङ बजारमा बैठक बसेको छ ।

होटल पिस प्यालेसमा बसेको बैठकमा बागलुङ काँग्रेसका सभापति जीतबहादुर शेरचन, माओवादी केन्द्रका संयोजक ज्ञामनाथ गैरे ‘अनिल’, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष लालबहादुर थापा, राष्ट्रिय जनमोर्चाका अध्यक्ष अम्मरबहादुर थापा र जनता समाजवादी पार्टीका अध्यक्ष बाबुकाजी केसी सहभागि थिए ।

बैठकले विभिन्न संघसंस्थाको निर्वाचन र स्थानीय तहको निर्वाचनमा सत्ता गठबन्धनलाई कसरी अगाडी बढाउने भन्ने बारेमा छलफल भएको काँग्रेसका सभापति शेरचनले बताउनुभयो । उहाँले आसन्न स्थानीय तहको निर्वाचन, नेपाल रेडक्रस सोसाइटी बागलुङ शाखा र अन्य विभिन्न संघसंस्थाको निर्वाचनमा गठबन्धनलाई अगाडी बढाउन सक्ने/नसक्ने भन्ने बारेमा छलफल गरिएको बताउनुभयो ।

‘आसन्न स्थानीय तहको निर्वाचनमा वडा तहसम्म र विभिन्न संघसंस्थाको निर्वाचनमा सहकार्य गरेर जान सकिने/नसकिने भनेर सत्ता गठबन्धनका साथीहरुले छलफल गरेका हौं,’ सभापति शेरचनले भन्नुभयो–‘सवैले आ–आफ्नो पार्टी कमिटीमा सल्लाह गर्ने र फेरि भोली बैठक बस्ने भनेका छौं, सकभर गठबन्धनलाई निरन्तरता दिएर अगाडी बढछौं’

बैठकमा सहभागी भएका राष्ट्रिय जनमोर्चा बागलुङका अध्यक्ष अमर बहादुर थापाले भने बैठक नभइ चिया गफ मात्र गरिएको बताउनुभयो । ‘रेडक्रसको चुनाव आएकोले त्यसकै बारेमा गठबन्धनमा सहभागी पार्टीका प्रमुखहरु बसेर एक भएर जान सकिने की नसकिने भनेर चिया गफ गरेका हौं,’ अध्यक्ष थापाले भन्नुभयो–‘आसन्न स्थानीय तहको निर्वाचनको बारेमा गठबन्धन गरेर जाने भनेर केहि छलफल भएको छैन्, चुनाव होला की नहोला भन्ने बारेमा मात्र कुरा भएको हो ।’

उहाँले रेडक्रसको निर्वाचनको बारेमा पार्टी कमिटीमा छलफल गरेर पुनः भेला हुने कुरा भएको बताउनुभयो । उहाँले सामाजिक संघसंस्थाहरुमा सवैलाई मिलाएर लैजाने चिया गफ भएको बताउनुभयो । अध्यक्ष थापाले स्थानीय तहको निर्वाचनमा सत्ता गठबन्धन जिल्लामा निरन्तरता हुने नहुने अहिलै भन्न नसकिने बताउनुभयो । ‘विगतमा बागलुङमा बामपन्थीहरु गठबन्धन गरेर निर्वाचनमा गएका हौं,’ अध्यक्ष थापाले भन्नुभयो–‘केन्द्रको हिसावले हेर्दा सत्ता गठबन्धन जिल्लामा पनि हुने सम्भावना छ, अहिलै यसो हुन्छ भन्न सकिदैन ।’ उहाँले अहिलेको निर्वाचनमा बामगठबन्धन हुने सम्भावना भने कम रहेको बताउनुभयो ।

अध्यक्ष थापाले स्थानीय तहको निर्वाचनको मिति भरखर घोषणा भएको बताउँदै निर्वाचनको बारेमा गठबन्धनको निरन्तरता बारेमा अहिले छलफल भएको छैन पछि हुन सक्ने बताउनुभयो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here