हिउँ पर्न थाले पछि ढोरपाटनको बस्ती सुनसान

बागलुङ, २१ माघ । दैनिक जसो हिउँ पर्न थाले पछि नेपालको एक मात्रा सिकार आरक्ष केन्द्र ढोरपाटन क्षेत्रमा सुनसान भएको छ ।

पुसको दोस्रो सातादेखि नियमित हिउँ झर्न थाले पछि न्यानो खोज्दै स्थानीय बेसी झरे पछि बस्ती सुनसान भएको हो । ढोरपाटन क्षेत्रक अधिकांस बस्ती मानव विहिन भएका छन् । ढोरपाटन शिकार आरक्ष, सत्रुमर्दन गण, स्थानीय होटल व्यवसायी र तिब्तीयन शरणार्थी बाहेक अन्य नागरिक अधिकारीचौर, बोवाङ, निसी भुजी झरेका छन् ।

गाईभैसी, भेडा बाख्रा लिएर कृषकहरु कात्र्तिक महिनामै बेसी झरेका थिए । पुस १५ गतेसम्म विद्यालय सञ्चालन भएको हुँदा पढाईको लागि ढोरपाटन बसेका बालबालिका र उनका अभिभावक पनि विद्यालयमा विदा भए पछि बेसी झरेको ज्योति विकास आधारभुत माविका शिक्षक श्याम विकले जानकारी दिनुभयो ।

दैनिक हिउँ पर्दा मानवीय दैनिक कष्टकर बनेको छ । सामान्य चिसोमा हिउँ नपर्ने क्षेत्रमा पनि तुसारो परेको हुँदा सवारीमार्फत ढोरपाटन पुग्ने पर्यटक तथा स्थानीयलाई समस्या भएको छ । ढोरपाटनको देउरालीसम्म सवारी जान सक्छ । देउरालीदेखि ढोरपाटन क्षेत्रमा वाक्लो हिउँ र तुसारोले सडक यात्रा अवरुद्ध भएको विकको भनाई छ ।

बुर्तिवाङ बजारदेखि ढोरपाटनको लागि छुटेका सवारी साधन देउरालीसम्म पुगेर फर्किन्छ् । देउराली क्षेत्रमा समेत वाक्लो तुसारो पर्ने हुँदा कठिन हुने गरेको छ । पुस १४ गते परेको वाक्लो हिमपातले ढोरपाट उपत्यमा भित्रको सडक अझै खुल्न सकेको छैन । तिब्बतीय शरणार्थी, पाखाथर र तल्लोचौरमा छिटफुट स्थानीय र छ्यान्तुङ र नवीमा घरकुरुवा अर्थात चौकीदार बाहेकका अन्य नागरिक घरमा छैनन् ।

पुस १४ गते ढोर क्षेत्रको ज्योतिविकास आधारभुत विद्यालय,, सिद्ध बराहप्रावि छ्यान्तुङ, सलथान प्रावि विजौरीखोला, ढोरबराह प्रावि स्यालपाखे, जनवादी आवि घुम्ती विद्यालयको अधिकारीचौर, दुर्गम प्रावि भुजीको पठन पाठन बन्द गरिएको छ । सो क्षेत्रमा असार विदा हुँदैन ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here