धौलागिरी अस्पतालको अध्यक्षमा पौडेल नियुक्त

बागलुङ, १४ माघ । गत असोज पछि रित्त रहेको धौलागिरी अस्पताल व्यवस्थापन समितिले पूर्णता पाएको छ ।

अस्पताल व्यवस्थापन समितिको अध्यक्षमा जैमिनी नगरपालिका–४ सर्कुवाका नारायणप्रसाद शर्मा पौडेल नियुक्त हुनुभएको छ ।

गण्डकी प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सिफारिसमा प्रदेशमन्त्री परिषदको पुस १९ गतेको बैठकले जैमिनी नगरपालिका–६ अर्जेवा निवासी पौडेललाई अस्पताल व्यवस्थापन समितिको अध्यक्षमा चयन गर्ने निर्णय गरेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय गण्डकी प्रदेशले पुस १९ गतेको प्रदेशमन्त्री परिषदले पौडेललाई अस्पताल व्यवस्थापन समितिको अध्यक्षमा नियुक्त गरिएको पत्र पुस २१ गते पठाएको छ ।

मन्त्रालयले अस्पताल व्यवस्थापन समिति गठन आदेश २०७८ दफा १ बमोजिम अस्पताल व्यवस्थापन समितिको अध्यक्षमा पौडेल रहनेगरी ९ सदस्यीय अस्पताल व्यवस्थापन समिति गठन गरिएको छ ।

अस्पताल व्यवस्थापन समितिको सदस्यमा बागलुङ नगरपालिका–४ का धनमाया शर्मा, बागलुङ नगरपालिका–१४ का लक्ष्मी देवि जिसी, बागलुङ नगरपालिका–३ का कृष्ण शंकर श्रेष्ठ, बडिगाड गाउँपालिका–१ का रुन माया थापा र बागलुङ नगरपालिका–३ निवासी गगन बहादुर पुनलाई नियुक्त गरेको छ । यस्तै उद्योग वाणिजय संघ बागलुङ, बागलुङ नगरपालिका प्रतिनिधि र मेडिकल सुपरीटेण्डेण्ट सदस्य रहने व्यवस्था छ ।

पौडेल जनमोर्चाको कोटामा अध्यक्षमा नियुक्त हुनुभएको हो । उहाँ जैमिनी नगरपालिका–४ सर्कुवाको सेवानिर्वित शिक्षक, जनता मावि सर्कुवाका पूर्व प्राचार्य समेत हुनुहुन्छ ।

यस्तै जनमोर्चाले एक सदस्य समेत प्राप्त गरेको छभने नेपाली काँग्रेस र माओवादी केन्द्रले २/२ सदस्य प्राप्त गरेका छन् ।
सदस्यमा नियुक्त हुनुभएको बडिगाड–१ का थापा जनमोर्चाको कोटाबाट सदस्यमा मनोनित हुनुभएको हो । यस्तै काँग्रेसको तर्फबाट जिसी र श्रेष्ठ सदस्यमा मनोनित हुनुभएको छभने माओवादी केन्द्रको कोटाबाट पुन र शर्मा सदस्यमा मनोनित हुनुभएको हो ।

सत्ता गठवन्धनले बागलुङमा नेकपा एकिकृत समाजवादीलाई भागवण्डामा सहभागी गराएको छैन् ।

अस्पतालमा दरबन्दी अनुसारको विशेषज्ञ डाक्टर उपलब्ध गराउनु, भौतिक पूर्वधारको निर्माण र आन्तरिक तथा वाह्य व्यवस्थापन अध्यक्ष पौडेलको मुख्य चुनौती रहेका छन् ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here